कागेश्वरी मनोहरा नगरपालिकामा आ व २०७६/७७मा निर्माण सम्पन्न र नक्सा पासको बिवरण सार्वजनिक

कागेश्वरी मनोहरा नगरपालिकामा आ व २०७६/७७मा निर्माण सम्पन्न र नक्सा पासको बिवरण सार्वजनिक

कपन अनलाइन

काठमाडौँ ,श्रावण ८। कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक वर्ष २०७६ श्रावण १ गते देखि २०७७ साल असार मसान्त सम्म निर्मण सम्पन्नता लिएका  घरहरु र नक्सा पास भएको  बिवरण सार्वजनिक गरिएको छ ।नगर प्रमुख कृष्णहरि थापाले सामाजिक संजाल मार्फत सार्वजनिक गरिएको उक्त बिवरणमा  कागेश्वरी मनोहरा नगरपालिकामा आ.ब. २०७६/०७७ को २०७६ श्रावण १ गते देखी २०७७ आषाढ मसान्त कुल १ देखि ९ सम्मका वडामा १८५९ वटा घर निर्माण सम्पन्न भएको जानकारी गराएका छन ।

जसमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ मा ९४,  वडा नं २ मा ५३, त्यस्तै वडा नं ३ मा २२, वडानं ४ मा ८४ ,वडा नं ५ मा १४७, त्यसैगरि वडा नं ६ मा ३३७ ,वडा नं ७मा ३८० वडा नं ८ मा २१५ र वडा नं ९ मा ५२७ गरि कुल नगरपालिका भरि १८५९वटा घरको निर्माण सम्पन्न गरेको जानकारी गराए।

त्यसै गरि उनले  कागेश्वरी मनोहरा नगरपालिकामा आ.ब. २०७६/०७७ को मिति २०७६ श्रावण १ गते देखी २०७७ आषाढ मसान्त सम्म पास भएका नयॉ नक्शा पास बिवरण  समेत सार्वजनिक गरेका छन ।कागेश्वरी मनोहरा नगरपालिकामा आ.ब. २०७६/०७७ को २०७६ श्रावण १ गते देखी २०७७ आषाढ मसान्त सम्म वडा नं १ देखि ९ सम्म गरि कुल ८८२  नक्सा  पास भएको जानकारी गराए जसमा वडा नं १ मा ३२, वडा नं २ मा १९,वडा नं ३ मा ३५ ,वडा नं ४ मा ८५ ,वडा नं ५ मा१०० ,वडा नं ६ मा १७५ ,वडा नं ७ मा १६६ ,वडा नं ८ मा १३३ र वडा नं ९ मा १३८ गरि कुल ८८२ वटा नक्सा पास भएको जानकारी गराएका छन ।

 

तपाइँको प्रतिक्रिया ।