बुढानिलकण्ठका प्राविधिकले बजेट पास नगरेपछि समितिका अध्यक्षले ब्यक्तीगत खर्चमा डिप बोरिङ्ग गरे

बुढानिलकण्ठका प्राविधिकले बजेट पास नगरेपछि समितिका अध्यक्षले  ब्यक्तीगत खर्चमा डिप बोरिङ्ग गरे

कपन अनलाइन

काठमाडौं ,साउन ८।

बुढानिलकण्ठ नगरपालिका वडा नं ६ मा रहेको  ऐतिहासिक स्थलका रुपमा रहेको धरमपुरमा निर्माण भएको डिप बोरिङ्गको बजेट निकाशा गर्न नगरपालिकाका प्राविधिकले असमर्थता जनाए पछी उपभोक्ता समितिका अध्यक्षले व्यक्तिगत खर्चमा निर्माण सम्पन्न गरेका छन।

सो क्षेत्रका स्थानीयहरुलाई खानेपानीको सुविधा उपलव्ध गराउनका  लागि नगरपालिका बाट बिनियोजन भएको १० लाख भन्दा बढीको लागत निस्किए पछी नगरपालिकाका प्राविधिकले सो रकम निकासा गर्न नियमत नमिल्ने बताए पछी उपभोक्ता समितिका अध्यक्ष गोपीकृष्ण महर्जनले आफ्ना बाजे बज्यै तथा अभिभावकका नाममा सो खानेपानी योजना समर्पण गर्दै व्यक्तिगत रुपमा खर्च बेहोर्ने घोषणा गरेका थिए।

असार २५ गते जनप्रतिनिधि,उपभोक्ता समिति तथा स्थानीयहरुको उपस्थितिमा उदघाटन गरिएको सो योजनाको अन्तिम बजेट निकासा गर्ने क्रममा लागत अनुमान भन्दा करिव २ लाख ५० हजार बढी देखिए संगै नियमत बजेट पास गर्न नसक्ने नगरपालिकाका  प्राविधिकले बताएका थिए।

स्थानीयहरुलाई खानेपानी जस्तो सेवा उपलव्ध गराउदा लामो समय सम्म टिक्न सकोस भनेर गुणस्तरीय सामाग्री प्रयोग गर्दा लागत अनुमान भन्दा बढी भएको बताउदै उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले सो योजनाको लागि आएको रकम अन्य पूर्वाधारमा खर्च गर्न योजना बनाउन नगर प्रमुख उद्दव खरेलले आग्रह गरेको जानकारी दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।