अभियन्ताहरुको लडाईले अलपत्र झन्डा पार्क जगडोल

अभियन्ताहरुको लडाईले अलपत्र झन्डा पार्क जगडोल

कपन अनलाइन 

काठमाडौं ,साउन ८।

बुढानिलकण्ठ नगरपालिकाको छैटौ नगर सभामा नगर प्रमुख उद्दव प्रसाद खरेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं ११  जगडोलमा रहेको झन्डा पार्कलाई प्रवर्धन गर्नुपर्ने पर्यटकीय स्थलका रुपमा राखेका छन।

काठमाडौं उपत्यकाका धेरै भूभाग देख्न सकिने यो स्थलमा पूर्वाधारको विकासका लागि निरन्तर सहयोग गर्दै आएको नगरपालिकाले सो क्षेत्रमा थप पूर्वाधार विकास र विस्तारका लागि योजना बनाउन आग्रह गरिरहदा पार्क उद्घाटनका दिन रास्ट्रिय पोशाकमा एकजुट भएर लामवद्ध भएका यसका अभियन्ता भने अहिले छिनभिन्न भएर फरक फरक संस्था संचालन गरिरहेका छन।

बुढानिलकण्ठ नगरपालिका प्रमख उद्दव खरेल र गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेलाई पार्क उदघाटनका दिन साक्षी राखेर  क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने घोषणा गरेका ति अभियन्ताहरु अहिले च्याउ जस्तै संस्था उमारेर प्रतिस्पर्धा गरिरहेका छन भने झन्डा पार्क कपुत सन्तानको झगडामा बेसहारा बनेका अभिभावक झैँ अलपत्र बनेको छ।

एक समय झण्डा पार्कको फोटो र अतिसयोक्तिपूर्ण महिमाले सामाजिक संजाल रंगाएका ति अभियन्ताहरुले गौरवमयी रास्ट्रिय झन्डाको ओजमा प्राप्त गरेको सम्मानको ओजन थाम्न नसक्दा ठोस एकीकृत योजना निर्माण हुन् नसकेको एक स्थानीय पत्रकार बताउछन।सो अभियानका अभियन्ताहरुले अहिले आफ्ना सामाजिक संजालमा विभिन्न संस्थाका प्रचारात्मक सामाग्री सम्प्रेषण गर्दा सो झण्डाको नै अपमान भएको महसुस गरेको बताउदै उनले कसले जस लिने भन्ने प्रतिस्पर्धाको रापमा सम्भावना युक्त स्थान ओझेल पर्ने होकी भन्ने खतरा बढेकोमा दुख ब्यक्त गरेका छन।

सहिद तथा शान्ति पार्क जगडोल आउने पर्यटकहरुको रोजाइमा पर्ने गरेको सो स्थानमा बस्ने स्थान,सुरक्षित फोटो खिच्ने स्थान,सौचालय जस्ता  न्युनतम पूर्वाधारहरु समेत नरहेको स्थानलाई सुविधा सम्पन्न पर्यटकीय स्थल बनाउने घोषणा गरेको वर्षौ वित्दा पनि वेला वेलामा झन्डा फेर्ने बाहेक कुनै पहल नभएको एक स्थानीय शिक्षकले बताएका छन। संचार माध्यम र संघ संस्थाहरुले प्राथमिकतामा राखेर प्रचार गरेको झन्डा पार्कका वारेमा धेरै ठाउमा चर्चा चलिरहदा यसको वास्तविक अवस्था सम्झेर लाज लाग्ने गरेको भन्दै उनले नगरपालिकाले सबै सहयोग गर्छु भन्दा पनि ति अभियन्ताहरुले खास पहल नगरेकोमा आश्चर्य प्रकट गरेका छन।

बुढानिलकण्ठ नगरपालिकाले महत्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने घोषणा गरेको झन्डा पार्क अहिले पहिरोको जोखिममा पनि  परेको छ।समयमा नै सुरक्षित पूर्वाधार विकासमा ध्यान नदिदा सो क्षेत्र अहिले खतरामा परेको छ।

प्रात्कलिन र सन्ध्याकालीन भ्रमण ,सुर्योदय तथा सुर्यास्त अवलोकनका लागि उपयुक्त झन्डा पार्क क्षेत्रको विकासका लागि अविलम्ब एकिकृत योजना निर्माण गरेर दिर्घकालिन पूर्वाधार विकास गर्नुपर्ने देखिएको बताउदै एक स्थानीय राजनीतिकर्मीले तत्काललाई सो क्षेत्रको सुरक्षामा ध्यान दिनुपर्ने धारणा राखेका छन।

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।