काठमाडौं महानगरपालिका वडा नं ३० मैतीदेवी क्षेत्रको निरिक्षणमा डा.राजन भट्टराई
कपन अनलाइन
काठमाडौं ,साउन ७।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले काठमाडौं महानगरपालिका वडा नं ३० को मैतीदेवी मन्दिर क्षेत्रमा रहेको सडकको निरीक्षण गर्दै ढल विस्तार र निर्माणका लागि पहल शुरु गरेका छन।
काठमाडौं महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्य र वडा नं ३० का अध्यक्ष दल बहादुर कार्कीलाई लिएर काठमाडौं क्षेत्र नं ४ मा रहेको वडा नं ३० मैतीदेवी मन्दिरमा पुगेका डा. राजन भट्टराईले सो स्थानमा रहेको भोज घर पुननिर्माणका र मैतीदेवी मन्दिरको धार्मिक र पुरातात्विक महत्वको प्रवर्धनका लागि विशेष योजना निर्माण गर्नका लागि पहल गर्ने बताएका थिए।
नेकपा जिल्ला सदस्य तेज ढकाल ,भारत कार्की ,नेकपा वडा नं ३० का नेता सुरेन्द्र श्रेष्ठ सहित बुद्दिजीवी तथा स्थानीयहरुको उपस्थितिमा वडा नं ३० का समस्याहरुका वारेमा जिज्ञाशा राख्दै डा.भट्टराईले वडामा रहेका बौद्धिक सम्पतिको संरक्षणमा जोड दिनका लागि वडा अध्यक्षलाई आग्रह गरेका थिए।