जिन्दगीको खुशी: दीपा नेपाल पोख्रेल (कविता)

जिन्दगीको खुशी: दीपा नेपाल पोख्रेल (कविता)

कपन अनलाइन 

काठमाडौं श्रावण ५ / लायन दीपा नेपाल पोख्रेल 

कति खुशी थियो मेरो जिन्दगी
कति खुशी थियो मेरो जिन्दगी
बाल्यकाल देखि यौवनसम्म
अनायास ,कहाँबाट आयो
त्यो कालो बादल
म त्यसैको घेरा भित्र परेछु
मलाई त क्यान्सर पो भएछ ,
जीवन त अर्कै मोडमा पुगेछ।
——–१——————————
सोचे जिन्दगी
यत्तिकैमा पूर्णबिराम लाग्छ कि ??
तर जीवन जिउनुनै छ….
जीवन जिउनुनै छ
त्यसैले म कत्ति पनि बिचलित नभई
सकारात्मक सोच र आत्मबल उच्च पार्दै
लडिरहेको युद्द जित्न सफल भए
घर परिवार आफन्त र मित्रजन्हारुको
माखे साङ्ग्लोले
पुन: खुशी छायो मेरो जिन्दगीमा
वास्तविक खुशी……
जिन्दगीको खुशी ……
——–२————
कबयित्री लायन  दीपा नेपाल पोख्रेल लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१कि सदस्य समेत हुन भने क्यान्सर सचेतना कार्यमा समेत सक्रिय रहदै आएकी छिन ।

https://www.facebook.com/138572882843260/videos/2627097220883167/?t=3

तपाइँको प्रतिक्रिया ।