मनकामना केवल कार संचालनका लागि सरकारको ध्यानकर्षण

मनकामना केवल कार संचालनका लागि सरकारको ध्यानकर्षण

कपन अनलाइन

काठमाडौं ,साउन ३।

कोरोना भाइरसले पारेको प्रभाब आत्मसाथ गर्दै मनकामना मन्दिर दर्शनका लागि मनकामना केबुलकारले आगामी दिनहरुमा उच्च सुरक्षाका उपायहरु अपनाएर व्यवसायिक क्षेत्रहरु खुल्ला गर्नुपर्ने माग गरेको छ।

एक प्रेस बिज्ञप्ति जारि गर्दै  केबुलकारले व्यवसायिक क्षेत्र खुलाउन सरकारसंग आग्रह गर्दै लामो दुरीका यातायात सञ्चालन गरि पर्यटन, धार्मिक क्षेत्र लगायतका सबै क्षेत्र खुल्ला गराउन आग्रह गरेको हो ।

कोरोना कहरले निम्त्याएको संकट सामना गर्न नागरिकहरु समेत सजग र सचेत भईसकेकाले सुरक्षामा ध्यान दिदै  अबिलम्ब पर्यटन तथा धार्मिक क्षेत्र समेत खुलाउन तर्फ सरकारले चासो दिनुपर्ने जनाएको छ ।
मनकामना दर्शन प्रालिले  लामो समय देखि यि प्रतिष्ठानहरु बन्दहुँदा समग्र देशको आर्थिक क्षेत्र नै धरासायीहुनपुगेकाले अर्थतन्त्र चलायमान बनाउन पनि  सतर्कतापुर्वक यस्ता क्षेत्र संचालन हुनुपर्नेमा जोड दिएको छ ।

तपाइँको प्रतिक्रिया ।