तारकेश्वर नगरपालिकामा नयाँ आर्थिक वर्षमा कर तिर्ने पहिलो करदातालाई सम्मान

तारकेश्वर नगरपालिकामा नयाँ आर्थिक वर्षमा कर तिर्ने पहिलो करदातालाई सम्मान

कपन अनलाइन

काठमाडौं ,साउन १।

तारकेश्वर नगरपालिकामा नयाँ  आव २०७७/७८ का  पहिलो करदातालाई सम्मान गरिएको छ।तारकेश्वर नगरपालिकाको नगर कार्यपालिकाले नयाँ आर्थिक वर्षमा पहिलो दिन पहिलो पटक कर तिर्ने करदातालाई सम्मान गर्ने निर्णय गरे अनुसार सम्पत्ति कर तिर्न आएका व्यक्तिलाई सम्मान गरिएको वडा नं ८ का अध्यक्ष मनोज कुमार घिमिरेले बताएका छन।

करदातालाई प्रोत्साहन गर्ने र कर तिर्ने वातावरण बनाउने उदेस्यले नगर कार्यपालिकाले गरेको निर्णय अनुसार सबै वडाका पहिलो करदातालाई सम्मान गरिएको थियो।

त्यस्तै तारकेश्वर नगरपालिकाले आर्थिक वर्षको पहिलो चौमासिक (साउन ,भाद्र ,असोज र कार्तिक ) महिनामा लाग्ने बिलम्ब शुल्क मिनाहा गर्ने निर्णय गरिएको जानकारी दिदै वडा अध्यक्ष घिमिरेले वर्ष भरि नै सम्पत्ति करमा १० प्रतिसत छुट दिने निर्णय भएको बताएका छन।

आर्थिक वर्ष २०७७/७८ मा वडा नं  ८ मा सम्पत्ति कर तिर्न आएका सेवाग्राहीलाई अध्यक्ष घिमिरेले खादा र अविर लगाएर सम्मान गरेका थिए भने वडा नं १० र अन्य वडामा नगर प्रमुख र उप प्रमुखको पनि सहभागिता रहेको थियो।

तपाइँको प्रतिक्रिया ।