बुढानिलकण्ठ नगरपालिकामा ‘सिनियर सिटिजन केयर होम’ निर्माण हुने
कपन अनलाइन
काठमाडौं ,असार ३०।
डासिमोरा फाउण्डेशन नेपालले बुढानीलकण्ठ नगरपालिकामा जेष्ठ नागरिकहरुका लागि ‘सिनियर सिटिजन केयर होम’ निर्माणका लागि प्रस्ताव गरेको छ ।
वि.सं २०६९ (सन् २०१२) मा डासिमोरा फाउण्डेशन नामक गैर सरकारी संस्थाको स्थापना डा. शिव कुमार राई र मुनुकला राईले गरेका थिए ।नगरपालिकाको वडा नं ९ को गोल्फुटारमा प्राकृतिक सम्पदालाई हानी नहुने गरि उक्त केयर होमको निर्माण गर्ने प्रस्ताव गरिएको छ ।
उक्त होम केयरमा बृद्धबृद्धाहरुका लागि चाहिने विभिन्न किसिमका महत्वपूर्ण दैनिक सेवाहरु देखि अन्य योग, व्यायाम गर्ने वातावरण र साथै अन्य विभिन्न रुचि रहेकाकार्यहरु गर्न सकिने समेत यस योजनामा रहेको डा.शिव कुमार राईले जानकारी दिएका छन ।
सो संस्थाले ‘नेपाल जापान स्कलरसिप’ आयोजना मार्फत अक्षय कोष स्थापना गरि टेक्नोलोजि सम्बन्धी विषय अध्ययनरत विद्यार्थिहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ।
नगरपालिकामा प्रस्तुत गरेको प्रस्तावका विषयमा बोल्दै नगरपालिकाका प्रमुख उद्दव खरेलले योजना निकै प्रभावकारी रहेको भन्दै केयर होमको पूर्ण योजना निर्माण तथा पूरा नक्सा निर्माण पस्चात कार्य सुचारू हुने बताएका थिए।