छ आज भानुका कुरा : कृष्ण सुवेदी (कविता )
कपन अनलाइन
काठमाडौं ,असार २९।
कुरा जनै जनै झनै झनै
चलेछ भानुका कुरा
झनै पछि झनै उचाे
हुँदाेछ भानुका कुरा ।
उदाउँदाे उ भानुझैं
छ ब्याेम झैं सधैँ उचाे
सँगै सँगै लिएरपाे
उठेछ दीप्ति भानुको।
अनेक भाष भाषिका
भनिन्छ फूल बागका
उनिन्छ एक शुत्रमा
बनिन्छ हार सारमा ।
र हुन्छ खास खासमा
रहन्छ सास सासमा
र स्वाभिमान राष्ट्रकाे
फुलेर राष्ट्र भाषामा ।
चुराे बनी त्यही कुराे
अझै पछि अझै उचाे
हुनेछ भानुका सुधि
हिमाल भालझै उचाे ।
तपाइँको प्रतिक्रिया ।