तीनकुनेमा ट्राफिक प्रहरीको पुष्परोपन
कपन अनलाइन
काठमाडौँ,असार २८। महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथद्धारा कोटेश्वर स्थित खाली जग्गामा ‘पुष्परोपन कार्यक्रम’ गरिएको छ।
आईतबार आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि तथा महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेलले पुष्परोपन गरी उद्घाटन गरेका थिए ।
महाशाखाले एकातर्फ काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुधार गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ भने अर्कातर्फ सडकको छेउलाई पनि मनमोहक, रौनक र रङ्गिन बनाई सुन्दरता वढाउन पुष्परोपन गर्न थालेको जानकारी दिएको छ ।
कार्यक्रमका प्रमुख अतिथिप्रहरी नायव निरिक्षक विश्वराज पोखरेलले बढ्दो शहरीकरण कारण दिनप्रतिदिन वढिरहेको वातावरणीय असरप्रति सबैले गम्भिरताका साथ वृक्षारोपन गर्नुपर्नेमा जोड दिदै ट्राफिक महाशाखाले निक्कै सराहनीय काम गरेको भन्दै मुक्तकण्ठले प्रशंसागरेका थिए।
महाशाखाका प्रमुख प्रहरी वरिष्ट उपरीक्षक भिम ढकालले महाशाखा लगायत मातहतका ४४ वटै ट्राफिक कार्यालयहरूले ३५० भन्दा वढी फुलका विरुवाको व्यवस्था गरेको जानकारी दिदै ट्राफिक कार्यालयहरू आफुले रोपेका फुलहरूलाई आफैले नै रेखदेख गर्ने र ३ महिनापछि सवैभन्दा उत्कृष्ट विरूवा (फुल) बनाउने कार्यालयलाई पुरस्कृत गर्ने कुरा पनि बताएका थिए ।
नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थल नजिकै रहेको तीनकुने पर्यटकहरू आवातजावत गर्ने मुल ढोका समेत रहेकोले त्यहाँ रहेको खाली जग्गामा फुलहरू रोपि सडकलाई मनमोहक बनाईएको जानकारी दिदै महाशाखाले अन्य यस्तै खाली रहेका स्थानमा पनि वृक्षरोपन गर्न नागरिकहरूलाई प्रेरणा मिल्ने विश्वास ब्यक्त गरेको छ ।
अमला, वेगमवेली, तेजपत्ता, रिठ्ठा, मसला, धुपी, पारिजात, कपुर, रातकी रानी, कामिनी, किम्बु, चाँप, चाईनिज गुलाव, समी, मेन्टोगेटा, एभोगाडो, हेमनकस, आरू जस्ता ३५० बढी विरूवा रोपिएको थियो ।