पाँच मुक्तक : दिपक दाहाल
कपन अनलाइन
काठमाडौं ,असार २७।
मन मनमा आफ्नै जन्मस्थान हुन्छ
गल्ती जानेरै हुन्छ या अञ्जान हुन्छ
आमा नै बेचेर के परिचय खोज्छौ ?
आफ्नो पहिचानत स्वाभिमान हुन्छ
मान्छेकै अनेक अनेक पारा देखिन्छ
हेर्न सके पो साँच्चिकै सारा देखिन्छ
कोरोनाले बारबार छातीमै हानिराछ
सरकार झन् झन् हुतीहारा देखिन्छ
कति चोट दिन्छस्मलाई दे समय
किन सताउँछस् बारबार ए ! समय
दोषहरू त मेरा पनि कैयन् होलान्
कहिल्यै मेरो नहुँने तँ खै के समय !
बुझ्नुस् न यार, जहाँसुकै नहर हुँदैन
बिना कारण रुने कसैको रहर हुँदैन
ऊ बिहानबेलुका यस्तै सोच्छ होला
हो, मानवताभएको कुनै शहर हुँदैन
समाजमाअझै यहाँ छुवाछुत भेटिन्छ
रक्षकको नै नयाँनयाँ करतुतभेटिन्छ
तिमीबेकारमा के खोजिरहन्छौ यार ?
न त पुर्खाझैँ यहाँकोही सपूत भेटिन्छ
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।