१४ वर्षिया बालिकाको बलात्कार आरोपमा कपनका दुई जना पक्राउ
कपन अनलाइन
काठमाडौं ,असार २२।
एक १४ वर्षीय बालिका बलात्कार गरेको आरोपमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ कपन क्षेत्र बाट २ जना पक्राउ परेका छन।१४ वर्षीय बालिकाले बलात्कारको आरोपमा उजुरी दिए संगै सो स्थानमा बस्दै आएका ४० वर्षीय देशबहादुर गुरुङ र ३८ वर्षीय सन्तोष परियारलाई कपन प्रहरीले पक्राउ गरेर प्रहरी वृत बौद्ध पठाएको छ।
रात्री गस्तीमा रहेको कपन प्रहरीको टोलीले राति करिव १२ बजेको ति बालिका र उनकी दिदीलाई भेटेर उनीहरुको घर पुर्याइदिने क्रममामा सोधुपुछ गर्दा ति युवती माथि बलात्कार भएको खुलेको थियो।
उक्त युवतीलाई कोरोनाको औसधि भनेर नशाजन्य पदार्थ दिएर ति बालिका माथि बलात्कार भएको र उनको नग्न फोटो देखाएर ब्लाकमेल पनि गरिएको बयानका क्रममा ति युवतीले बताएको प्रहरीले जानकारी दिएको छ। उक्त बालिकालाई गुरुङ र परियारले फरक फरक समयमा बलात्कार गरेका थिए।