म के गरी बताउँ खै ? त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं ,असार २०।
अभावका पहाड छन् विभेदका हिमाल छन्
हरा–भरा धरा कहाँ? गरा–गरा उजाड छन्
अनेकत्रासदीमुनी म के गरी रमाउँ खै ?
अशान्तिभित्र–भित्रको, म के गरी बताउँ खै ?
कमाउनेहरू सबै रहे नि ! मस्त मस्तमा
नपाउने उपाय क्यै छ आज घोर दुख्खमा
अगाडि जो थिएगए रहे सयौँ पछाडि नै
छ खाडलै यहाँ ठुलो, म के गरी बताउँ खै ?
सदैव अन्न बाँड्छ जो स्वयं उ भोकमा छ रे
कमाउने युवा स्वयं नपाइऔषधी मरे
चिसो छ व्यक्तिव्यक्तिको विचार के तताउँ खै ?
विथोलियो समाज नै, म के गरी बताउँ खै ?
दुःखेर कोखचर्चरी रुँदैछ देश धर्धरी
विदेशिँदै गएयुवानपाइ एक नोकरी
अनेककाम यैँ थियो कसो गरी सजाउँ खै ?
छु व्यस्तमाग्नमा स्वयं, म के गरी बताउँ खै ?
छिमेकले थिचीमिचीछ साँधथिल्थिलो अझै
झुलेनधान खेतमा छ बाँधथिल्थिलो अझै
र बाँझियो नि खेत यो कसो गरी जगाउँ खै ?
मिचेछ लिम्पियाधुरा, म के गरी बताउँ खै ?
दुःखेर देश यो रुँदा सकिन्नबाँच्न सुख्खले
छ पिल्पिले हिमाल नै सकिन्नहाँस्न ढुक्कले
सकिन्न सुत्नत्रासमा म के गरी निदाउँ खै ?
विचल्लिमा छु मै भनी, म के गरी बताउँ खै ?
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक