बुढानिलकण्ठ नगरपालिका वडा नं १२ की एक महिलामा कोरोना संक्रमण

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ की एक महिलामा कोरोना संक्रमण

कपन अनलाइन

काठमाडौं ,असार १९।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ टेलिकम कार्यालय नजिक एक महिलामा कोरोना संक्रमण देखिएको छ।करिव २ महिना अगाडी विराट नगर बाट  परिवार संगै आएकी ८० वर्षीय ति महिलामा कोरोना संक्रमण देखिएको हो।

उक्त व्यक्तिमा कोरोना संक्रमण देखिए संगै बुढानिलकण्ठ नगरपालिका स्वास्थ्य शाखाको टोली आएर उनलाई धुअस्पताल पठाइएको छ भने उनको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिंग शुरु गरिएको छ।

संक्रमित व्यक्ति परिवारका ७ जना सदस्यहरु संगै बस्दै आएकी थिइन्।उनलाई केहि दिन अगाडी ह्याम्स अस्पतालमा छाती दुखेर उपचार गर्न लैजादा गरिएको PCR परिक्षण गर्दा कोरोना देखिएको थियो।

ति महिला आफ्नो परिवार बाहेक कहिँ पनि नगएको परिवारले जानकारी दिएको स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।