टोखा नगरपालिका वडा नं १० मा आधारभूत स्वास्थ केन्द्र उदघाटन
कपन अनलाइन
काठमाडौं ,असार १९।
टोखा नगरपालिका बडा नम्वर १० मा आधारभूत स्वास्थ केन्द्र उदघाटन भएको छ ।टोखा निबासी ११२ वर्षीय प्रवेश गरेकी पूर्णकुमारी पाण्डेको स्वास्थ्य जाँच तथा बटुकहरुबाट स्वस्तिक वाचन गरी सो आधारभूत स्वास्थ केन्द्र उदघाटन गरिएको थियो।
सो कार्यक्रमका अध्यक्ष समेत रहेका वडा नं १० का वडाध्यक्ष मधुसुद पाण्डेले स्थानिय सरकारको घोषणा र निर्धारण गरेको लक्ष्य अनुरुप आधारभुत स्वास्थय केन्द्र स्थापना गरिएको बताएका थिए।
त्यस्तै कार्यक्रममा नगर प्रमुख प्रकास अधिकारीले स्वास्थ्य नै धन हो भन्दै नगरबासी स्वास्थ्य हुनु भनेको नै आफनो ठुलो उपलव्धी भएको कुरामा जोड दिंदै सवै वडामा स्वास्थ्य केन्द्र संचालन गर्नकाा लागी बजेट समेत विनियोजन गरिएको जानकारी गराएका थिए।
यस्तै गरि नगर उपप्रमुख ज्ञानमाया डंगोलले सो स्वस्थ्य केन्द्रबाट छिमेकी वडा ९ र ११ तथा अन्य नागरिकले पनि निशुल्क सेवा लिन सक्ने बताएकी छन।
उक्त उदघाटन कार्यक्रममा नगर प्रमुख ,उपप्रमुख ,प्रमुख प्रशाशकिय अधिकृत प्रदिप पौडेल ,वडा अध्यक्ष तथा सदस्य सहित विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थिति रहेको थियो।