गोकर्णेश्वर ७ मा लायन्स क्लबको बृहत रक्तदान भब्य रुपमा सम्पन्न
कपन अनलाइन
काठमाडौँ,असार १८। गोकर्णेश्वर नगरपालिका वडा नं ७मा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन वर्ष २०२१/२२को सुरुवात को अवसर पारेर लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं दर्पण को आयोजना तथा सम्मुनत महिला मन्च नेपाल,लायन्स क्लब अफ काठमाडौं ग्रिनहिल सिटि र गोकर्णेश्वर नगरपालिका वडा नं ७ संगको सहकार्यमा असार १७गते बुधबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो।
डिस्ट्रिकको आव्हान अनुसार विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको कारण देश लकडाउन हुँदा अस्पतालहरुमा उपचारार्थ विमारीहरूको लागि रगत अभावका कारण समस्या उत्पन्न नहोस भनेर आयोजित रक्तदान कार्यक्रममा ८० जना रक्तदाताहरुले रक्तदान गरेको डिस्ट्रिक चियर पर्सन एबम लायन्स क्लब अफ काठमाडौं दर्पणका इमिडेट पास्ट प्रेसिडेन्ट ठण्ड राज ठकुरी (राजनले) कपन अनलाइनलाइ बताए।
गोकर्णेश्वर नगरपालिका वडा नं ७ शिबचोक स्थित डुकु कम्प्लेक्स बिहान १० बजे देखि शुरु भई अपरान्ह २ बजे सम्म चलेको उक्त रक्तदान कार्यक्रमम लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ इमिडेट पास्ट प्रेसिडेन्ट लायन अनन्त प्रसाद भेटुवाल, डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा गुरुङ पुर्व डिस्ट्रिक गभर्नर लायन कुमार राज सुवेदी, गोकर्णेश्वर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष केशब गुरुङ, समुन्नत महिला मंच नेपालकि अध्यक्ष एबम कार्यक्रम संयोजक सोमा खत्री जोन चियर पर्सन एबम लायन्स क्लब अफ काठमाडौं दर्पणका चार्टर प्रेसिडेन्ट लायन अच्युत बिष्ट जोन चियरपर्सन रमेश पराजुली ,दर्पणका वर्ष २१ /२२ का प्रेसिडेन्ट लायन हरिकृष्ण पुडासैनी लगायतको उपस्थिति रहेको थियो।
सुरक्षित र व्यवस्थित तवर बाट संचालन गरिएको उक्त रक्तदान कार्यक्रममा देखिएको सहभागिताले कार्यक्रम सफल भएको र गभर्नर लायन टंक बहादुर श्रेष्ठ को थिम “टिम” एक जुट भएमा सबै कार्यक्रम सफल हुन्छ भनेर उदाहरणको रुपमा सो रक्तदान कार्यक्रमलाइ पनि लिन सकिने डिस्ट्रिक चियर पर्सन एबम लायन्स क्लब अफ काठमाडौं दर्पणका इमिडेट पास्ट प्रेसिडेन्ट ठण्ड राज ठकुरी (राजनले) बताए। उनले आयोजकहरुको तर्फ बाट रक्तदान गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छन् । रक्तदाताहरुलाई लायन्स लिडरहरुले प्रमाण पत्र प्रदान गरेको जोन चियर पर्सन लायन रमेश पराजुलीले बताए ।