नवजागृति मावि रामहिटीमा घुम्ती कवि गोष्ठी नेपालको ९१ औ शृङ्खला
कपन अनलाइन
काठमाडौं ,असार १६।
घुम्ती कविगोष्ठी नेपालले भौतिक दुरी कायम गरी आफ्नो ९१ औँ शृङ्खलासम्पन्न भएको छ । काठमाडौँको रामहिटी स्थित नवजागृति माविको सभाहलमा आयोजना भएको सो कार्यक्रममा १६ जना स्रष्टाहरुले कविता, गीत, गजल प्रस्तुत गरेका थिए ।
घुम्ती कविगोष्ठी नेपालका सचिव माधवलाल श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्याय प्रेक्षित रहेका थिए भने अन्य अतिथिहरुमा अभिनव साहित्य समाजका अध्यक्ष एवम् घुम्ती कविगोष्ठी नेपालका सल्लाहकार गोविन्द घिमिरे वेदमणि, डा. विदुर चालिसे, ढुण्डीराज मरासिनी, निबन्ध आचार्य, नारायण नेपाल, डिल्लीप्रसाद मूलतिहुन् लगायत रहेका थिए ।
गोविन्द घिमिरे वेदमणिलेचित रचनाहरुको समीक्षा गर्दै वाचित रचनाहरुको रचना गर्भको प्रसङ्ग ल्याई देशमा भएको कोरोना कहर र नेपालको सीमा छिमेकी देश भारतले मिचेको सन्दर्भ नै आजको साहित्यको विषयवस्तु भएको बताएका थिए।
कार्यक्रमका प्रमुख अतिथि प्रा. जगत्प्रसाद उपाध्याय प्रेक्षितले कविताको सिद्धान्तको बारेमा आफ्नो विचार प्रस्तुत गरेको कार्यक्रममा
, मिसन अधिकारी, रामचन्द्र दाहाल, शारदा पराजुली, ओमप्रसाद कोइराला, घनश्याम प्रसाईं, त्रिलोचन आचार्य, विनोद दाहाल वत्स, सुशीला पौडेल र घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष परशुराम पराशर लगायतले कविता वाचन गरेका थिए ।