नगरपालिकाको कोषमा तारकेश्वरका शिक्षकहरुको १३ लाख १३ हजार ६ सय ४१ सहयोग
कपन अनलाइन
काठमाडौं ,असार १६।
तारकेश्वरका शिक्षकहरुले तारकेश्वर नगरपालिकाको आकस्मिक कोषमा १३ लाख १३ हजार ६ सय ४१ रूपयाँ सहयोग गरेका छन ।
आइतबार शिक्षकका बिभिन्न पेशागत सङ्घ सङ्घठनहरुका (NNTA ,UANTO र NTA) नगर समिती अध्यक्षहरूलेसंयुक्त रुपमा नगर प्रमुख रामेश्वर बोहरालाई सहयोग हस्तान्तरण गरेका थिए। सामुदायिक विद्यालयका शिक्षकहरू तर्फबाट मा बि तर्फ ५ दिन र आधारभुत तर्फ ३ दिनको तलब बाट बराबर हुने रु १३ लाख १३ हजार ६ सय ४१ रुपैया जम्मा गरिएको थियो ।
तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले जताततै अभाव भैरहेका बेला उपलब्ध गराएको सहयोग रकम निकै उपयोगी बताउदै नगरपालिकाको आकस्मिक कोसमा रसहयोग गरेकोमा धन्यवाद दिएका थिए ।
तपाइँको प्रतिक्रिया ।