गोकर्णेश्वर ९ का टोलसुधार समितिहरुलाई बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा द्वारा स्वास्थ्य सुरक्षा सामग्री प्रदान
कपन अनलाइन
काठमाडौं असार १३। गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा रहेका बिभिन्न टोलसुधार समितिहरुलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरीएको छ ।गोकर्णेश्वर नगरपालिका वडा नं.९ का अध्यक्ष राजिव थापाको पहलमा बागमती प्रदेशका प्रदेश सभा सदस्य माननीय छिरीङ दोर्जे लामा विशेष सहयोगमा गोकर्णेश्वर वडा नं.९ का टोल सुधार समितिहरूलाई मास्क, सेनिटाइजर र जेट स्प्रे प्रदान गरिएको छ । महामारीको रुपमा आएको कोरोना भाइरस नियन्त्रण रोकथामको लागि उनले सो सामग्री प्रदान गरेका हुन ।
उनले सरकार एकपछि अर्को विवादमा फस्दा सरकारले कोरोना नियन्त्रणमा असफल भएको पनि बताए। उनले महाविपत्तिको घडीमा जनताको स्वस्थ्य रक्षा गर्नको लागि तीनै तहले प्रभाबकारी भूमिका खेल्नुपर्ने बताए। कुनै पनि मुलुकमा आइपर्ने जुनकुनै प्रकोप तथा महामारीहरुको सामना गर्न नागरिकमा सचेतना जरुरी हुन्छ भन्दै रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु वेश भएको बताए ।
यो सजिलै विभिन्न माध्यमबाट मानिसमा सर्ने भएकोले बढी नै सावधानी अपनाउदै दैनिक जीवनमा फर्कनु पर्ने बाध्यता पनि रहेको बताए । उनले लकडाउनको अवधिमा धेरै संघ संस्थाको सहयोगमा राहत वितरण गरेको समरण गर्दै आफुले आफ्नो ठाउ बाट सक्ने जति सहयोग गरेको बताए ।
कोरोनाका प्रभावहरु तत्कालिन तथा दीर्घकालीन दुबै खालका हुने भन्दा प्रभावहरुको व्यवस्थापन गर्नको लागि रणनीतिक योजनाहरु अख्तियार गर्न जरुरी रहेको बताए ।उनले कोरोना महामारीको अवस्थामा राजनीतिक धरातललाइ छोडेर मानवतालाइ केन्द्रमा राखेर काम गर्नु पर्ने बताउदै कोरोना नियन्त्रणका लागि सबै जना एक जुट भएर लड्नुको विकल्प नभएको बताए ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापाले कोरोना रोकथामको लागि गरिएको सहयोगको लागि धन्यवाद दिएका थिए । उनले लकडाउन केहि खुकुलो भएको अवस्थामा हामी अझ बढी सतर्क रहनुपर्ने भन्दै आफ्नो र अरुको सुरक्षाको लागि नागरिकका कर्तव्यबारे सचेत हुदै पालना गर्नु पर्ने बताए ।यो बेला नागरिक सचेतना नै कोरोना रोकथामको लागि महत्वपूर्ण योगदान हुने पनि बताए । उनले प्राप्त सामग्रीको सहि सदुपयोग गर्न पनि अनुरोध गरेका थिए ।
कार्यक्रममा वडा सदस्यहरु, सत्य भामा श्रेष्ठ, पुरुषोत्तम थापा ,गमला कुमारी परियार ,हरिकृष्ण कारंजित , टोलसुधार समितिका पदाधिकारी , कर्मचारी सहित स्थानीयको उपस्थिति रहेको थियो ।