बुद्द एकेडमी द्वारा गोकर्णेश्वर नगरपालिका वडा नं २ मा आयोजित रोपाइँ कार्यक्रम सम्पन्न

बुद्द एकेडमी द्वारा गोकर्णेश्वर नगरपालिका वडा नं २ मा आयोजित रोपाइँ कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं असार १५ ।धान दिवसका अवसरमा कृषि क्षेत्रसँग सम्वन्धित संघसंस्थाहरुले समेत खेतमा रोपाँई लगायतका कार्यक्रमहरु आयोजना गरिरहेका छन ।त्यस्तै गोकर्णेश्वर नगरपालिका वडा नं २ मा रोपाई कार्यक्रम सम्पन्न भएको छ । बुद्द एकेडेमी आवशीय बिध्यालय द्वारा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्ण बहादुर पण्डित क्षेत्री ,नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल महानगरीय प्रहरी प्रभाग सुन्दरीजलका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक अर्जुन गिरि, समाजसेवी छिरिंग दोर्जे लामा   बिध्यालयका प्रिन्सिपल लगायत स्थानीयको सहभागिता रहेको थियो।

जेठमै राखेको धानको बिउलाई असार लागेपछि रोप्न थालिन्छ । खाद्यवालीमा बर्ष बाली मानिने धान नेपालभरी नै लगाइन्छ  धान उत्पादनमा वृद्धि–आत्मनिर्भरता र समृद्धि” नाराका साथ १७ औँ राष्ट्रिय धान दिवसको पुर्व सन्ध्यामा असार १३ गते शनिबार बिहान उक्त कार्यक्रम आयोजना गरिएको हो। बिद्यालयको आफ्नै करिब २८ रोपनी जग्गामा बिशेष धान रोपाइँ कार्यक्रम गरिएको हो।

 कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगर प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यबाद दिदै यस्ता कार्यक्रमले किसानहरु बिच कृषि क्षेत्रमा टिकिरहन थप हौसला मिल्ने विश्वास  ब्यक्त गरे । नेपाल कृषि प्रधान देश भएर पनि कृषिमा बढ्दो परनिर्भरतालाई हटाउन प्रमुख खाद्य बालीका रुपमा रहेको धानको महत्व र उत्पादनमा बृद्धिका लागि पनि कार्यक्रमको महत्व रहेको बताए ।  उनले नगरपालिकाको वडा नं १,२ ३ र ४ कृषिको लागि उर्भर भूमि रहेको पनि बताए उनले कृषकहरुलाई बिभिन्न कार्यक्रम  ल्याउन लागेको बताए ।

 कोरोना महामारीका कारण बिगतमा जस्तो धुमधाम संग धान दिवस मनाउन नपाइएको पनि बताए ।नगरपालिकाले कृषक, कृषि सहकारी र निजि क्षेत्रको सहकार्यमा कृषि क्षेत्रमा लगानी प्रबिधि  परिचालन मार्फत कृषि उत्पादनमा व्यापकता हासिल गर्ने योजना ल्याएको बताए। गरि उनले कृषि उत्पादन र बजारको विकास खाद्यान्न आत्मनिर्भरता उन्मुख हुने गरि आवश्यक कार्यक्रम संचालन गरिने पनि बताए कृषकहरुको लागत सहभागितामा हाते ट्याक्टरमा अनुदानको व्यवस्था गर्न लागिएको जानकारी गराउदै सामुहिक खेतिलाइ प्रवर्धन गर्ने नीति समेत नगरले लिएको बताए। उनले तारेभिर ,ओख्रेनी, चिलाउने, सुन्दरीजललाइ बिशेष कृषि पकेट क्षेत्र घोषणा कार्यक्रमलाइ अगाडी बढाउन लागेको पनि बताए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्ण बहादुर पण्डित क्षेत्री, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल ,समाजसेवी छिरिंग दोर्जे लामा लगायतले शुभकामना मन्तब्य दिएका थिए ।कार्यक्रममा नगर प्रमुख लगायतले कृषकहरुलाई धान को बिउ प्रदान गरि कार्यक्रम शुभारम्भ गरेका थिए ।

रोपाँई सँगै दहि चिउरा खाने चलन रहेकोले सो दिन समेत सामुहिक रुपमा दहि चिउरा समेत खाएका थिए । यसरी दहि चिउरा खाँदा शरीरलाई उर्जा प्राप्त हुने र  खेतिपातीको हिलोमैलोले शरीर थाक्ने हुँदा दही चिउराले शक्ति प्रदान गर्ने र बाँकी खेतीपाती पनि सजिलै सम्पन्न हुने बिश्वासका साथ रोपाइमा दहि चिउरा खाने प्रचलन रहेको छ  ।

    फोटो : सरोज बस्नेत

 

 

 

तपाइँको प्रतिक्रिया ।