लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर,माकलबारी तथा लियो क्लब गोकर्णेश्वरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर,माकलबारी तथा लियो क्लब गोकर्णेश्वरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौँ ,असार १४। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतका लायन्स क्लब अफ काठमाडौँ गोकर्णेश्वर, लायन्स क्लब अफ काठमाडौँ माकलबारी र लियो क्लब अफ काठमाडौं गोकर्णेश्वरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । दुइ वटा लायन्स क्लब र एउटा लियो क्लबले संयुक्त रुपमा शनिबार माकालबारी स्थित जी जी होटलमा आयोजित एक कार्यक्रमका बीच लायन्स क्लब अफ काठमाडौँ गोकर्णेश्वर, लायन्स क्लब अफ काठमाडौँ माकलबारी र लियो क्लब अफ काठमाडौं गोकर्णेश्वरका कार्यसमिति पदाधिकारीहरुले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेका हुन्।

लायन्स क्लब ३२५ ए वान को मनोनित  चिफ ए ओ जी लायन बिष्णु भाइ श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा समाजसेवी पुण्य प्रसाद चौलागाई   जोन चियरपर्सन तथा मनोनित एरिया कोर्डिनेटर लायन पेमा छिरी शेर्पा,सिनियर एओजी लायन राजकृष्ण श्रेष्ठ,  लायन बिष्णु लामिछाने, लायन विजय कर्माचार्य, लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो कार्यक्रम संचालन जी एम टि(ग्लोबल मेम्बर शिप टिम) लायन धर्म शरण श्रेष्ठले गरेका थिए। राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा लायन शर्मिला भट्टले झण्डाको अभिवादन बाचन  गरेकी थिइन्।

 लायन्स क्लब अफ काठमाडौं माकलबारीका वर्ष २०१९/२०का प्रेसिडेन्ट लायन राजेन्द्र कोइरालाले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।उनले आफ्नो कार्य कालमा भएका कामहरुको समिक्षा प्रस्तुत गर्दै आगामी दिनमा पनि क्लबका गतिविधिहरुले सामाजिक क्षेत्रमा अतुलनीय सहयोग पुग्ने विश्वास गरे ।

 लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर २०१९-२० का प्रेसिडेन्ट लायन  पूर्ण तामाङ, लायन्स क्लब अफ काठमाडौं माकलबारीका प्रेसिडेन्ट लायन राजेन्द्र कोइराला र लियो क्लब अफ काठमाडौं गोकर्णेश्वरका प्रेसिडेन्ट लियो कृष्ण श्रेष्ठ सहितको कार्यसमितिले वर्ष लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वरका वर्ष २०२०-२१ को लागि चुनिएका प्रेसिडेन्ट लायन  सुमन तिवारी, लायन्स क्लब अफ काठमाडौं माकलबारीका वर्ष २०२०/२१का प्रेसिडेन्ट भिष्म रायमाझी र लियो क्लब अफ काठमाडौं गोकर्णेश्वरको लागि वर्ष २०२०/२१का प्रेसिडेन्ट मनिष श्रेष्ठको  नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको थियो  । कार्यक्रममा दुइवटा लायन्स क्लब र एउटा लियो क्लबले बर्षभरि गरिएको  काम सहितको खर्च बिवरण सार्वजनिक गरी क्लबको  हिसाब नयाँ कार्यसमितिका कोषाध्यक्षहरुलाई लाइ हस्तान्तरण गरेका थिए ।

प्रमुख अतिथिको रुपमा बोल्दै लायन्स क्लब ३२५ ए वान को मनोनित  चिफ ए ओ जी लायन बिष्णु भाइ श्रेष्ठले आयोजकलाइ धन्यवाद दिदै  समाज प्रति केही गछौं भन्ने उद्देश्यका साथ यस क्षेत्रमा लागेको हुदा हरेक समुदायसँग सहकार्य गरेर बर्ष भरिमा क्लबले  सामाजिक काम गरि डिस्ट्रिकको उत्कृष्ट क्लब हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यकाल भरी  आफुले सकेको साथ र सहयोग  प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सेवामुलक काम गरेर क्लबको  ख्याती लाइ झनै बढाएर लैजान अनुरोध गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए।कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं माकलबारीले नयाँ सदस्य क्लबमा प्रवेश गराएको  थियो  । नया सदस्य भएका हरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो।

जसमा समाजसेवी लायन रोशनबाबु श्रेष्ठ लायन्स क्लब अफ काठमाडौं माकलबारीको फर्स्ट भी पी मा मनोनित गरिएको थियो भने लायन श्रीधर अर्याल ,लायन्स शर्मिला भट्ट, लायन पूर्ण दास श्रेष्ठ ,लायन मन्दिरा दाहाल,लायन सुवाष बिराजी, लायन भिष्म रायमाझी लगायतलाइ लायन्स पिन र प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै दुईवटा लायन्स क्लब र लियो क्लबका  वर्ष २०२० /२१ प्रेसिडेन्ट क्रमश लायन सुमन तिवारी, लायन भिष्म रायमाझी र लियो मानिस श्रेष्ठले पद स्वीकार गर्दै क्लबलाइ थप सेवाको कार्यमा अग्रसर बनाउने बताएका थिए उनीहरुले वर्ष २०/२१ का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठको थिम TEAM अनुसार काम गर्ने बताएका थिए।

कार्यक्रममा जोन चियरपर्सन तथा मनोनित एरिया कोर्डिनेटर लायन पेमा छिरी शेर्पाले धन्यबाद ज्ञापन गर्दै नया प्रेसिडेन्टहरुलाई कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए।

उनले कोभिड १९ को महामारी संग जुद्दै सुरक्षित रुपले थप सेवाको कार्यक्रम गर्नुपर्ने आवश्यकता रहेको भन्दै लायन वर्ष २०२०/२१को सरुवात संगै क्लबले बिभिन्न कार्यक्रम आयोजना गर्न लागेको हुँदा सो मा सक्रिय रुपमा सहभागी भइ कार्यक्रम सफल बनाउन समेत अनुरोध गरेका थिए ।  लायन्स क्लबले वृक्षारोपण रक्तदान  निशुल्क भोजन लगायतको कार्यक्रम समाबेश गरि लायन नया वर्ष मनाउने  भएको छ ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।