विकास निर्माणको काममा सबै तह बीच समन्वय हुन जरुरी छ : प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर राइ

विकास निर्माणको काममा सबै तह बीच समन्वय हुन जरुरी छ : प्रतिनिधि सभा सदस्य कृष्ण बहादुर राइ

कपन  अनलाइन

काठमाडौँ,असार१४ । गोकर्णेश्वर नगरपालिकाको पाँचौ नगर सभा बुधबार बाट शुरु भएको छ। गोकर्णेश्वर  नगरपालिकाका प्रमुख सन्तोष चालिसेको अध्यक्षतामा जोरपाटी स्थित पिस  ब्यांकेटमा भएको नगर सभामा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो।नगर सभामा प्रमुख अतिथिको रुपमा बोल्दै प्रतिनिधि सभा सदस्य माननीय कृष्ण राइले नगर सभा सफलताको शुभकामना ब्यक्त गरेका थिए । उनले अघिल्ला नगर सभाहरु झैँ यो नगर सभापनि हामि एउटा प्रक्रियाको चरणमा रहेको यो प्रकियालाइ कानुन बमोजिम सफलता पुर्वक  सम्पन्न गर्ने बिश्वास ब्यक्त गरे।

 उनले केहि दिन अघि मात्र नगरपालिकाले आयोजना गरि बिभिन्न क्षेत्रका बिज्ञलाइ उपस्थित गराएर सुझाब राय सल्लाह संकलन गर्ने काम गरेको स्मरण गर्दै  त्यो सुझाब राय सल्लाह लाइ मध्यनजर गर्दै अघिल्ला आर्थिक वर्षहरुमा हामीले प्राप्त गरेका उपलब्धिहरुको पनि मुल्याकन गर्दै आफ्नो कार्यकालको बाँकी रहेको समयलाइ अब यसरि सदुपयोग गर्न सकिन्छ होला भन्ने परिकल्पनालाइ पनि आधार मानेर कोभिड १९ बाट आक्रान्त रहेको अवस्थाले पार्न सक्ने प्रभाब  असरलाइ पनि ध्यानमा राखी योजना बनाउन धेरै मेहेनत गरेको हुन सक्ने बताए  ।

 उनले त्यस कारण नगर सभा बाट पारित हुन गैरहेको नीति तथा कार्यक्रम र बजेट तयार गरि राख्दा खेरि कोभिड १९ ले अघिल्लो आर्थिक वर्षमा पारेको प्रभाब र अझ यसले पार्न सक्ने सम्भावनाको प्रभाबलाइ समेत मध्य नजर गरेर खास गरि कर्मचारी साथिहरुले त्यसलाई समृद्द बनाउन निकै ठुलो मिहेनत गरेको आफुलाई लागेको बताए।

नगर सभा बाट प्रत्येक वर्ष बिभिन्न नीति तथा कार्यक्रमहरु  प्रस्तुत गर्ने गरेको भन्दै आफु पहिलो वर्ष देखि नै सहभागी भइरहेको बताउदै   गोकर्णेश्वर नगरपालिका आफ्नो पनि नगरपालिका भएको बताए । आफुले सुरु बाट नै कम्तिमा ५ बर्षको र केहि दीर्घकालीन योजनाहरु थिए भने हुन्छ र बनाउछु भने अरु केहि वर्ष पनि थपेर दीर्घकालीन योजनाहरु तयार गरेर त्यसलाई आधुनिक रुपमा यो आर्थिक वर्ष हामि यति सम्म काम सक्छौ भन्ने प्रक्षेपण गरि गरेको भए नगर प्रमुखले थप वहा वाहिको बातावरण बन्ने थियो जस्तो आफुलाई लागेको बताए।

 उनले भने अहिले हामि संसदीय अभ्यासमा लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थालाई अङ्गीकार गरेर अघि बढेको  सन्धर्भलाइ राजनीतिक दलका प्रतिनिधि जनता बाट चुनियर आएको बताउदै सबैले आफ्नो राजनीतिक भविष्य जनताले चुनेर पठाएको पदीय मर्यादामा रहेर मैले स्वतन्त्र भएर काम  गर्नु पर्छ भन्ने चेत सबैलाई भएको बताए।

 उनले आफु स्वभाबले नै छुच्चो बोल्न कम रुचाउने ब्यक्ति भएको भन्दै सकारात्मक कुराहरुलाई सकारात्मक दृष्टिकोण बाट प्रस्तुत गर्दा कहिले काही हामीले नगर सभा अहिले को ७२मा निर्माण गरेको त्यो पनि जनताकै प्रतिनिधिले निर्माण गरेको संबिधानको मर्म र भावनाको कुराकानी गर्ने हो भने हामिले अब  नेपालको हरेक व्यवस्थाको बारेमा चिन्ता  गरेर हेर्य्यौ भने एक ठाउमा जम्मा  भएर सबै राजनीतिक दलहरुले आम सहमति गरेर नेपाललाई समाज उन्मुख भनेको बताए

 समाज बाद उन्मुख भनेपछि नेपालमा रहेका राजनीतिक पार्टीहरुका पुजीबादी कित्तामा रहेका राजनीतिक दलहरुले एक किसीमको व्यख्या गर्ने र समाजबादी कित्तामा रहेका कम्युनिष्ट पार्टीहरुले अर्को किसिमको व्यख्या गर्ने जुन खालको परम्परा छ त्यो परम्परा पृथक सबै राजनीतिक दलहरुले आफ्नो डम्फु बजाउने तर साँच्चै हामीले ७२ सालमा बनाएको संबिधानले तीन तह सरकारको परिकल्पना गरेको र जनताको लागि सबै भन्दा नजिकको सरकार स्थानिय सरकारलाइ जसरी  संबिधानमा परिभाषित गर्यौ त्यो हिसाबले आज तीन वाट माथिका सरकारले के गर्छन त्यो संबैधानिक व्यवस्था अनुसार माथिकै सरकारले निर्णय नगरिकन हामीले काम गर्न नसक्ने अवस्था रहेको बताए ।

नीति नियमका कुरा बाहेकलाई हेर्ने हो भने यो सरकारले पनि आफ्नो नगरपालिकालाइ त्यो समाजबादमा पर्नका लागि गर्न पर्ने आधारभूत कामहरु गर्न सकिने बताए। उनले आफु पनि समाजबादमा बिश्वास राख्ने राजनीतिक पार्टीमा रहेको र नगर प्रमुख सहित बहुमत सदस्यहरु गोकर्णेश्वर नगरपालिकामा जुन पार्टी बाट निर्वाचित भएका छन।भनि विश्वेश्वरप्रसाद कोइरालाको नाम लिदै नेपालको सन्दर्भमा उनले  नेपाली काग्रेसको नाम  लिंदा विश्वेश्वरप्रसाद कोइरालाको नाम छुटाउन सकिदैन र उनले पनि कल्पना गरेको प्रजातान्त्रिक समाजबाद पृष्ठभूमिलाइ हेर्ने हो भने आज नेपालमा रहेका काग्रेसहरु नेपालमा रहेका कम्युनिष्ट पार्टीहरुका खास गरि देश र जनताको जन जिविकाहरुलाई लिएर हेर्ने हो भने हामि धेरै भिन्न वा छुट्टाछुट्टै कित्तामा उभिन पर्ने जरुरत नदेखेको बताए ।

उनले यो बिषयलाइ अनेकौ बिषय लगाएर सिंगो नगरपालिकाका यसलाई कसरि अगाडी लान सकिन्छ भन्ने योजना पेश गर्ने जिम्मेवारी गोकर्णेश्वर नगरपालिकाका जनताले नगर प्रमुख सन्तोष चालिसेलाइ दिएको बताए ।उनले आशा गरौ भन्दै कार्यकाल अझ दुइ वर्ष बाँकी रहेको दुइ बर्षको बिचमा त्यतिखेल साथीहरु  निर्वाचनका प्रसङ्गमा जनताका दलका तर्फ बाट गरिएका घोषणापत्रका बाचा बन्धनहरु अबका दुइ वर्ष भित्रमा पुरा गर्नको लागि अठोट गरेकै हुनुपर्ने बताए ।

आफुले पटक पटक सुझाब दिंदा भनेको स्मरण गर्दै यहाको  निर्माण बिकासका सन्दर्भलाइ हामीले नगरपालिकामा केके गर्न पर्ने भन्ने एकैछिन समय दिएर एउटा कोठामा मात्र बस्यौ भने सक्ने अवस्था रहेको बताए ।उनले हाम्रो भूगोल त्यति बिघ्न अरु भूगोल जस्तो दुर्गम यहाँ नभएको बताए। उनले वडा नं १ को माथिको कुनाको भागलाइ एउटा परिस्थितिमा व्याख्या गर्न सकिने त्यसपछि वडा नं ३ को तारेभिरभूभागलाई अलकति फरक ढंगले हर्न सकिने र त्यो बाहेकका अरु सबै वडाको भूभाग सुगम भूभागनै रहेको बताए।

उनले त्यो भूगोलले पनि काम गर्न  सहजताप्रदान गरेको बताए। उनले यो पांच वर्ष भित्र हामीले कति काम गर्न सक्छौ? जित्ने र हार्ने वा यहाँ सहभागी भएका गोकर्णेश्वर नगरपालिकामा रहेका सबै राजनीतिक दलका सदस्यहरुले भोलिका दिनमा जाँदा फेहरिस्त बुझाउनुपर्ने नै होला त्यति खेर जनताले हामि राजनितिज्ञले  जनताको परिक्षाको फेरी सामना गर्ने र त्यसपछि जनताले मूल्यांकन गर्नेछन भन्ने लागेको बताए।

  उनले तीन वटा सरकारको बीचमा राम्रो खालको समन्वय चाहि भएन कि भन्ने जनताको पनि अनुभूति रहेको यसलाई त्यो समन्वयको अनुभूति गराउनका लागि कानुनका हिसाबले  सबै भन्दा महत्वपुर्ण दायित्व  केन्द्र सरकारकै हुने बताउदै त्यतिकै हामीले सोचेको सपना साकार बनाउन प्रदेश सरकार र स्थानीय सरकारले पनि उदाररुपता देखाउनुपर्ने बताए। प्राप्त गरेको अधिकारहरुलाई संबिधानको अनुसूचीउल्लेख भएका सूचिका अधिकारका कामहरुलाई कति पुरा गर्न सक्यौ वा सकेनौ त्यसमा पनि फेरी एउटा नगरपालिकाको मात्र कुराले नहुने भन्दै नगरपालिकाको समूह बनेको  प्रदेश सरकारको पनि अवस्था बनेको अनि स्थानीय तहमा हामीले जिल्लाका समन्व निकाय पनि राखेको बताउदै सबै परिस्थितिलाइ एउटा ठाउमा बसेर मूल्यांकन गरेर त्यो कुरालाई ल्याउनुपर्ने बताए।

उनले आज माथिल्लो तहमा को नेताहरु छ वा छैन तहको कुरा नभएको भोलि यो देश संचालन गर्ने त्यो ठुलो  ठाउमा बसेका नेताहरुको ठाउमा पुग्ने यिनै जनप्रतिनिधिहरुनै भएको बताए। त्यसैले  आज म सदस्य छु स्थानीय तहको सानो निकायमा छु भनेर हेय राखीराख्नु नपर्ने भोलिका दिनमा केन्द्र सरकार प्रदेश सरकार संचालन गर्ने हैसियतमातपाई हामीनै  पनि पुग्न सकिने बताए। किन भने हामीले कर्म त्यहि नै गरिरहेको बताए ।उनले यो पांच वर्ष भित्रमा स्थानीय तहका सरकारले आफुलाई कमजोर महसुश गरिरहेको छ भने वा प्रदेश सरकार, केन्द्र सरकारले हामीलाई राम्रो सहयोग गर्ने सकेको छैन भने संबैधानिक अवस्था बाट त्यसलाई व्याख्या गरेर हामीले माथिल्लो तहमा समबन्धित निकायमा ध्यानाकर्षण गराउन सकको खण्डमा त्यो बिषय समेटिने बताए ।आफु विकास निर्माणको काममा पार्टी भन्दा माथि उठेर हेर्नु सक्नु पर्छ भन्ने मान्यता राख्ने ब्यक्ति भएको बताए  ।

फोटो सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।