साँखु-बुढानिलकण्ठ-किर्तिपुर ट्रली बस सेवाका लागि जननेता मदन भण्डारीको त्यो पत्र

साँखु-बुढानिलकण्ठ-किर्तिपुर ट्रली बस सेवाका लागि जननेता मदन भण्डारीको त्यो पत्र

कपन अनलाइन

काठमाडौं ,असार १४।

आज जननेता मदन भण्डारीको  ६९ औ जन्म जयन्ती हो।२००९ साल आषाढ १४ गते ताप्लेजुंग जिल्लाको ढुंगेसाँघुमा जन्मिएका जननेता भण्डारी २०४८ शालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा तत्कालिन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईलाई पराजित गर्दै काठमाडौं क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।

सोभियत संघको विघटन भएर विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक बनेको परिस्थितिमा विभक्त र अन्यौलमा रहेको नेपालको कम्युनिस्ट आन्दोलनलाई जनमतमा  आधारित लोकप्रिय बाटो देखाएका जननेता भण्डारी आफ्नो निर्वाचन क्षेत्रमा दिर्घकालिन संरचना र दिगो पूर्वाधार विकासमा पनि उतिकै सक्रिय रहेका थिए।

यसको ज्वलन्त उदाहरण २०४९ शाल भाद्र २४ गते जननेता भण्डारीले रास्ट्रिय योजना आयोगका अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको ज्ञापन पत्र लाई लिन सकिन्छ।

तत्कालिन सांसद जननेता  भण्डारीले काठमाडौंको यातायात व्यवस्थाको सुधारको र  साँखु-बुढानिलकण्ठ- बालाजु – टिका भैरव -किर्तिपुर ट्रली बस सेवा संचालनका आवस्यक व्यवस्थापन गर्नुपर्ने माग गरेका थिए।

काठमाडौंमा व्यवस्थित यातायात नहुँदा जनताले दुख पाएको भन्दै जननेता भण्डारीले साझा यातायात र निजि क्षेत्रका यातायात सेवाको सुधारको पनि माग गरेका थिए।

 

विभिन्न पर्वत शृंखलाहरुले घेरिएको काठमाडौं उपत्यकामा पूर्वाधारको विकास गरि पर्यटन प्रवर्द्धनका निकै महत्वपूर्ण पूर्वाधारको रुपमा ट्रली बस सेवाको सान्दर्भिकता वर्तमान समयमा झन् बढेको एक जनप्रतिनिधि बताउछन।

बागमती प्रदेस सरकारको काठमाडौं उपत्यका काठ चक्रपथ निर्माण गर्ने योजनामा ट्रली बसका लागि पूर्वाधार विकास तथा सेवा संचालन पनि समेटिन सके जननेता मदन भण्डारीको त्यो पहल र सपनाले सार्थकता पाउने उनको धारणा रहेको छ।

तपाइँको प्रतिक्रिया ।