शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठ द्वारा सुबिधाको नयाँ गाडी किन्ने प्रस्ताब अस्वीकार

शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठ द्वारा सुबिधाको नयाँ गाडी किन्ने प्रस्ताब अस्वीकार

कपन अनलाइन

काठमाडौँ,असार १३।  शंखरापुर नगरपालिकाका प्रमुख  सुबर्ण श्रेष्ठ द्वारा आफ्नो सुबिधाको लागि नयाँ गाडी खरिद गर्ने प्रस्ताब अस्विकार गरेका  छन  ।असार १० गते सम्पन्न पाचौं नगर परिषद बैठकमा प्रशासन तर्फ बाट मेयर श्रेष्ठको लागि नयाँ गाडी किन्ने प्रस्ताव आएकोमा उनले उक्त प्रस्ताब अस्विकार गरेको बैठकमा सहभागी नगर प्रबक्ता एबम वडा न ८ का वडा अध्यक्ष हितमान तामाङले जानकारी गराए ।

 कोरोना महामारीका कारण अर्थतन्त्र धरापमा परि जनता भोक भोकै बस्नु पर्ने बेला आवश्यकता भएपनि नयाँ गाडी किन्नु उचित नभएकोले उक्त प्रस्ताव अस्विकार गरी  नाङ्गले, पटाप, चापांबोट , लप्से, घुमार चोक लगाएतका बिकट स्थानहरुमा  मान्छेहरुको मृत्यु हुँदा ३/४ घन्टा लगायर शव बोक्नु पर्ने बाध्यता भएकोले विषेश गरी ती स्थानहरुका साथै नगरपालिकाको अन्य स्थानहरुको लागि समेत प्रयोगमा आउने गरी शव वहान खरिद गर्न उक्त बजेट प्रयोग गरिने नगर प्रमुख  श्रेष्ठले जानकारी गराए ।आफ्नो सुबिधा बढाउन जन प्रतिनिधि तल्लिन रहेको समाचार आइरहेको बेला   श्रेष्ठको उक्त निर्णय बाट नगरबासी खुसि भएका छन  ।

हाल नगर प्रमुख  श्रेष्ठले चढ्ने गरेको गाडी पुरानो भएर समय समयमा बिग्रने गरेता पनि मर्मत गरि काम चल्दै आएको बताउदै आफ्नो भन्दा पनि जनताको सेवा सुबिधालाइ ध्यानमा राखी उक्त निर्णय गरेको नगर प्रमुख श्रेष्ठले जानकारी गराए ।

सौजन्य :शंखरापुर न्युज

 

तपाइँको प्रतिक्रिया ।