भोकराज्य:जीवन आचार्य ‘निश्चल’ (कविता )
कपन अनलाइन
काठमाडौं ,असार १३।
सृष्टिकाल देखी विस्तार
भएको हो
सिमाना पारिसम्म
एउटा वृतचित्र
सहनु खप्नु र भित्रभित्रै दवाउनु
भोकराज्य विस्तारमा
औठाछाप
समर्थन
मृत्यु शास्वतसत्य भित्र
एउटा
किन
बेरङ्ग लाग्छ ईन्द्रेणीरङ्ग
फूलहरूका सुवासले लठ्याउँदैनन्
मन पर्न छाडेको छ मान्छे र मान्छेका बस्ती
यो दुनियाँको परिधि सानो लाग्छ
आधुनिकताले
तर
मान्छे छुट्टै स्वप्न नगर गरेर खडा निदाउँछन्
कोही
जहा भोक हुँदैन र राज्य हँुदैन
भोकराज्य हुँदैन
भय हुदैन
त्रास हुँदैन
निर्भय रहन्छ र पो निदाउँछन्
सपनाभित्र
औजार बन्नु अघी र पछी
मिसिनजस्तै
घोटिनु
खटिनु दैनिकि बनेको छ
शान्त पार्न भोकको साम्राज्य
पसिनाको नदि बगाउनु छ
फरक
जहा भोक हुँदैन राज्य हुँदैन सिमाना हँुदैन
स्वप्नराज्य
आधुनिकताको नाममा
लुटिएको छ स्वप्न र बढाएको छ बेरोजगार
र त
कसैको निद्रा बिथोल्छ
कोही
मान्छे आफ्नो स्वप्नराज्य खडा गरेर
मस्त निदाउँछन्
म पनी निदाउँनु छ
भोक र राज्यविरूद्द
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक