मेलम्ची नगरपालिकाको निति तथा कार्यक्रम पारित
कपन अनलाइन
सिन्धुपाल्चोक ,असार ११/दिपक विक्रम देउजा
मेलम्ची नगरपालिकाको आर्थिक वर्ष २०७७/७८को बजेट र निति तथा कार्यक्रम पारित भएको छ।नगर प्रमुख डम्बरबहादुर अर्यालले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नगर सभाले पारित गरेको हो ।
आगामि वर्षका लागि मेलम्ची नगरपालिकाले १ अर्व १३ करोड ३७ लाख लाख २६ हजार ४ सय २८ बजेट ल्याएको छ।
विश्व ब्यापी रुपमा फैलिएको कोरना भाईरस रोकथाम र नियन्त्रणका निम्ति ५करोड १० लाख र स्वास्थ क्षेत्रका लागि थप ८ करोड ८४ लाख रुपैयाँ विनियोजानगरिएको वडा नम्बर ५ का वडा अध्यक्ष सुदर्शन लुईटोलले जानकारी दिएका छन।
त्यस्तै कृषि र पशुपालन लागि मुख आधार बनाएर निर्माण गरिएको बजेटमा पर्यटन शिक्षा र भौतिक निर्माण लागि समेत प्रथामिकता दिएको वडा नम्बर ६ का वडा अध्यक्ष जीतराज थापाले बताएका छन ।
मेलम्ची नगरपालिकाले कोरनाका कारण रोजगारी गुमाइ वैदेश बाट फर्केका र नेपाल मै रोजगारी गुमाएका युवाहरु लागि पुनः स्वरोजगार बनाई कृषि र पशुपालन व्वसायमा अात्मानिर्भर बनाउने कार्यक्रम ल्याएको नम्बर १ का वडा अध्यक्ष कृष्णप्रसाद चौलागाईंले जानकारी दिएका छन ।
नगरपालिकामा शीत भण्डार निर्माण फलफूल र खाध्यान्नमा जोड दिनुका साथै मेलम्चीमा स्वप्र सरोकार निर्माण लागि बहुउद्देश्यीय आयोजनाको रुपमा अगाडि बढाउने तथा एकीकृत गुरुयोजना अनुसार मेलम्ची नगरपालिकाको विकासमा जोड दिने नीति तथा कार्यक्रम ल्याइएको उपप्रमुख भगवती नेपालले जानकारी दिएकी छन।
तपाइँको प्रतिक्रिया ।