बुढानिलकण्ठ नगरपालिकाको छैटौ नगर सभा शुरु

बुढानिलकण्ठ नगरपालिकाको छैटौ नगर सभा शुरु

कपन अनलाइन

काठमाडौं ,असार १०।

बुढानिलकण्ठ नगरपालिकाको छैटौ नगर सभा शुरु भएको छ।बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेलको अध्यक्षतामा तपेस पार्टी प्यालेसमा भएको नगर सभामा आर्थिक वर्ष २०७७/७८ नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो।

बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राईले स्वागत मन्तव्य राखेको उक्त नगर सभामा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा.राजन भट्टराई , प्रतिनिधि सभा सदस्य दिव्यमणि राजभण्डारी ,प्रदेस सभा सदस्य दिपक निरौला ,न्युछे नारायण श्रेठ ,सिता लामा ,नेपाली कांग्रेसका नगर प्रतिनिधि राजाराम बुढाथोकी ,नेकपा बुढानिलकण्ठ अध्यक्ष रबिन अधिकारी , प्रमुख प्रशासकीय अधिकृत नारायण रिसाल सहित नगर सभा सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो।

उक्त नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख खरेलले बुढानिलकण्ठ नगरपालिकामा २० वटा सडक,८ वटा पार्क र ७ वटा खानेपानीका योजनाहरुको निर्माण चलिरहेको जानकारी दिएका थिए।

त्यस्तै आगामी आर्थिक वर्षमा १५ सैयाको नगर अस्पताल निर्माण ,प्रत्येक वडामा शहरी स्वास्थ्य केन्द्र स्थापना तथा एक वडा एक जनस्वास्थ्य अभियान संचालन लगायतका कार्यक्रम संचालन गरिने प्रमुख खरेलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

त्यस्तै बुढानिलकण्ठ नगरपालिकामा पोलिटेक्निक इन्स्टिच्युट स्थापना,नया निजि विद्यालय खोल्न बन्द गर्ने तथा विद्यालय गाभ्ने योजना पनि बुढानिलकण्ठ नगरपालिकाले लिएको छ।

तपाइँको प्रतिक्रिया ।