जननेता मदनकुमार भण्डारीको ६९औं जन्मजयन्ती सप्ताहव्यापी रुपमा मनाइने

कपन अनलाइन 

काठमाडौं ,असार ९।

जननेता मदनकुमार भण्डारीको ६९औं जन्मजयन्तीलाई सप्ताहव्यापी रुपमा मनाउन लागिएको  छ । मदन भण्डारी फाउण्डेशनले जननेता मदन भण्डारीको ६९औं जन्मजयन्तीलाई सप्ताहव्यापी रुपमा मनाउन विभिन्न कार्यक्रमहरु तय गरेको   फाउन्डेसनकी  सचिव पेम्बा लामाले बताएकी छन।

वि.सं. २०५६ सालमा मदन भण्डारी अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा स्थापित मदन भण्डारी फाउण्डेशनले हरेक वर्ष देशव्यापीरुपमा विविध कार्यक्रम गरी मदन जयन्ती मनाउदै आएको छ  ।

यस्ता छन् फाउण्डेशनले गर्ने सप्ताहव्यापी कार्यक्रमहरु
जलवायु परिवर्तन र वातावरण संरक्षण : घर–कम्पाउण्ड वा सार्वजनिक स्थलमा फलफुलको विरुवा रोप्ने र रोपेका विरुवाको संरक्षण गर्ने ।
फलफूल तथा तरकारीका बिऊ बिजन वितरण गर्ने । किसानको बिचमा एकापसमा साटासाट गर्ने ।

सामाजिक कार्य : गरिब, असहाय, मजदुर, सुकुम्बासी, अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिक केन्द्रीत कार्यक्रम गर्ने ।

कोरोना भाइरस कोभिड—१९ सहयोग : स्थानीय तहसँग कोरोना भाइरस कोभिड—१९ बाट संक्रमित नागरिकहरुको व्यवस्थापन गर्न सहयोग गर्ने (क्वारेन्टिन निर्माण, संक्रमितको स्वास्थ्यको हेरचाहर, प्रदेश र संघीय सरकारका तर्फबाट उपलब्ध गराउनु पर्ने स्वास्थ्य सामाग्रीहरु सिघ्र उपलब्ध गराउन आवश्यक पहल गर्ने आदि) ।   यातायात क्षेत्रमा कोभिड १९ ले पारेका प्रभाव बारे अन्तरक्रियाको आयोजन गर्ने ।

असार १४ : कोभिड-१९ को संक्रमणका कारण उपचारमा रहेका र वृद्धाश्रममा रहेका नागरिकलाई फलफुल वितरण गर्ने ।
सामाजिक सञ्जाल मार्फत कोरोना भाइरस कोभिड—१९ सम्बन्धी सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने ।

मदन भण्डारी रक्त कोष स्थापना : विभिन्नस्तरमा रक्तदान कार्यक्रमहरु संचालन गर्ने ।

छलफल र अन्तरक्रिया : विभिन्न तहमा जनताको बहुदलीय जनवादको बारेमा छलफल र अन्तरक्रियाको आयोजना गर्ने । जननेता मदन भण्डारीको व्यक्तित्व तथा उहाँले मुलुक, कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा दिनुभएको योगदान आदिका बारेमा चर्चा–परिचर्चा गर्ने ।
राष्ट्रिया, लोकतान्त्रिक गणतन्त्र तथा जनजीविका, सरकार सञ्चालन, संगठन परिचालन आदिका विषयमा रचनात्मक कार्यक्रमहरु आयोजना गर्ने ।
राष्ट्रिय, प्रादेशीक तथा स्थानीय संचार माध्यमहरुको अधिकतम प्रयोग गरी जननेताका व्यक्तित्व र वर्तमान राष्ट्रिय परिवेशलाई सम्बोधन गर्ने खालका प्रचारात्मक कार्यक्रमहरु गर्ने ।
सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटमार्फत आएका कार्यक्रमहरुको अध्ययन विश्लेषण गरी कार्यान्वयनमा जोड दिने ।

प्रवास : छिमेकी देशहरु लगायत प्रवासबाट आफ्नो मुलुक प्रवेश गर्ने नेपालीहरुको स्वास्थ्य, सुरक्षा र उनीहरुको व्यवस्थापनमा स्थानीय तथा प्रदेश सरकारलाई सहयोग गर्ने ।

तपाइँको प्रतिक्रिया ।