मन चञ्चल छ :गोविन्द लाल मौर्या (कविता )
कपन अनलाइन
काठमाडौं ,असार ७।
मन चञ्चल छ, मन मोहित छ
मन हावाको बहने झोका हो
मन मन्दिर हो, मन पुजा हो
मन मस्त–मस्त प्रेमको सागर हो ।
प्रेमील प्रेमील कुराले
प्रेमको सुरूवात हुन्छ
मन्द–मन्द मुस्कानले
दिलको डोरी बाँधिन्छ
रातको मिठो सपनाले
प्रेममा उमङ्ग छाउँछ
मनको कुरा दिलसँग गर्दा
जीवनमा उत्साह आउँछ।
चकचके, चञ्चल स्वभाव उनको
रातको निन्द्रा चोर्छिन्
पाउजुको छमछम प्यारो आवाज
दिलमा बजाएर जान्छीन
चोरी–चोरी लुकेर भेटन
मनमा डर पैदा हुन्छ
प्रेम पनि बडो गजबको छ साथी
डर मान्दा–मान्दै पनि भए भने हुदैन
मन चञ्चल छ मन मोहित छ ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।