गोकर्णेश्वर नगरपालिकाको क्वारेन्टाइन तयारी अवस्थामा

गोकर्णेश्वर नगरपालिकाको क्वारेन्टाइन तयारी अवस्थामा

कपन अनलाइन

काठमाडौं असार ५ ।विश्वभरी फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई रोक्न  गोकर्णेश्वर नगरपालिकाले २सय बेडको क्वारेन्टाइनस्थल तयारी अवस्थामा राखेको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित सहयोगी उच्च माध्यमिक बिद्यालय र ओख्रेनी माध्यमिक बिध्यालयलाइ नगरले क्वारेन्टाइन स्थलको रुपमा प्रयोग गर्नको लागि सम्पूर्ण तयारी पुरा गरेको छ।नगरपालिकाले विदेशबाट मात्र नभई देशको कुनै पनि  बाहिरि जिल्लाबाट नगरमा  आएका ब्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्नको लागि सो तयारी गरेको हो।

त्यस्तै नगरमा कोरोना संक्रमण संग मिल्ने समस्या देखिएमा तत्कालै क्वारेन्टाइनमा राख्ने पनि योजना बनाएको छ।क्वारेन्टाइन व्यवस्थापनमा नगरपालिकामा गठन गरिएको स्वयं सेवक नगर प्रहरी कर्मचारीहरुले सहयोगी भूमिका खेलेका थिए।क्वारेन्टाइनमा हुनुपर्ने बेसिक कुरा पुरा हुनेगरी क्वारेन्टाइन तयार पारिएको  नगरपालिकाले जनाएको छ। संक्रमित देशबाट फर्किएका स्थानीयलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर कोरोना परिक्षण पश्चात  घर फर्काइने  भएको छ ।

तपाइँको प्रतिक्रिया ।