काठमाडौं महानगरपालिकामा “युवाको जाँगर, समृद्ध महानगर” अभियान संचालन हुने

काठमाडौं महानगरपालिकामा “युवाको जाँगर, समृद्ध महानगर” अभियान संचालन हुने

कपन अनलाइन

काठमाडौं ,असार ४।
काठमाडौँ महानगरपालिकाले ‘युवाको जाँगर, समृद्ध महानगर’ अभियान अनुरुप युवाशक्ति परिचालनको नीति अबलम्बन गर्ने र यसको लागि युवासँग अर्थपूर्ण सहभागिता र सहकार्यमा जोड दिने नीति महानगरपालिकाले लिएको छ ।

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज राष्ट्रियसभा गृहमा काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको नीति तथा कार्यक्रममा यो योजना ल्याइएको हो।

खेलकूदको माध्यमद्वारा युवाहरुको ब्यक्तित्व विकास गर्न महानगर क्षेत्रमा शारीरिक व्यायामशाला, हेल्थ क्लब, रंगशाला/कबर्डहल तथा बहुउद्देश्यीय खेल मैदानको विकास र विस्तार गरिनेछ नीति तथा कार्यक्रममा उल्लेक गरिएको छ।

युवाहरुलाई कुलत तथा दुव्र्यसनबाट बचाउन सचेतनामूलक, रोकथाममूलक तथा उपचारात्मक कार्यक्रमहरु सञ्चालन गरिने तथा युवाहरुको सहयोगी समूहको सूची तयार गरी प्रत्येक वडामा युवासँग मेयर कार्यक्रम सञ्चालन गरिने प्रमुख शाक्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रम उल्लेख गरिएको छ।

 

तपाइँको प्रतिक्रिया ।