अद्यावधिक नक्सा सहितको संविधान संशोधन राष्ट्रिय सभाबाट पारित
कपन अनलाइन
काठमाडौं ,असार ४ ।
लिम्पियाधुरा, लिपुलेक कालापानी सहितका भूभाग समेटिएको नक्सालाई निशान छापको रुपमा अनुसूचीमा संलग्न गरिएको संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ। संसोधनको प्रस्तावको पक्षमा उपस्थित सबै ५७ जनाको मत परेको छ। नेपालको संविधान दोश्रो संशोधन विधेयकको सर्वसम्मतिबाट पारित भएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरेका हुन् ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री डा। शिवमाया तुम्बाहाङ्फेको प्रस्तावमा विधयेक निर्णयार्थ पेस भएको हो । राष्ट्रिय सभाको नियमवली १२९ अन्तर्गत हस्ताक्षरसहित मत विभाजनद्वारा पारित भएको हो । जसको पक्षमा ५७ मत परेको थियो। विपक्षमा कुनै पनि मत परेन्। राष्ट्रिय सभाको ५८ सांसदमध्ये एक जना अध्यक्ष छन्।
तपाइँको प्रतिक्रिया ।