कागेश्वरी मनोहरा नगरपालिकाको क्वारेन्टाइनमा रहेका व्यक्तिलाई योग प्रशिक्षण

कागेश्वरी मनोहरा नगरपालिकाको क्वारेन्टाइनमा रहेका व्यक्तिलाई योग प्रशिक्षण

कपन अनलाइन

काठमाडौं असार ४। कागेश्वरी मनोहरा नगरपालिकाले  निर्माण गरेका क्वारेन्टाइनमा रहेका व्यक्तिलाई योग प्रशिक्षण दिइएको छ। ।कागेश्वरी मनोहरा नगरपालिका को नगरअस्पताल मुलपानीमा बुधबार  सामाजिक बिकास मन्त्रालय बाग्मती आयुर्वेद औषधालयको सहयोग तथा स्वास्थ्य शाखा कागेश्वरी मनोहराको संयोजनमा  कोरोना covid 19 रोग को रोकथाम तथा नियन्त्रण को लागि रोग प्रतिरोधात्मक क्षमता अभिबृद्दी एबम तनाव ब्यबस्थापन गर्न आयुर्बेदिक औषधी तथा योग कार्यक्रम निशुल्क संचालन गरिएको  कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी कोइरालाले कपन अनलाइन लाइ बताइन।

योगले आत्मबल बढाउन, शारीरिक तथा मानसिक रुममा क्रियाशील बनाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन र मनोरञ्जन प्रदान गर्न सहयोग पुग्ने जनाइएको छ । सामाजिक दूरी राखेर क्वारेन्टाइनमा रहेका व्यक्तिलाई योग प्रशिक्षण दिइको हो   ।

 

तपाइँको प्रतिक्रिया ।