एनसेलको डाटा प्याक ‘खल्ती’ एप्पबाटै किन्न सकिने

एनसेलको डाटा प्याक ‘खल्ती’ एप्पबाटै किन्न सकिने

कपन अनलाइन 

काठमाडौं ,असार २।

‘खल्ती’ मोबाइल वालेटका प्रयोगकर्ताहरुले एनसेलको मोबाईल डाटा प्याक र  भ्वाइस प्याक अब ‘खल्ती’ डिजिटल वालेट मोबाईल एपका साथै Khalti.com वेवसाइटबाट सिधै किन्न सक्ने भएका छन् । ‘खल्ती’बाट एन सेलका विभिन्न प्याक किन्दा ग्राहकले अाकर्षक क्यास ब्याकसमेत पाउने छन् ।

एनसेल का प्याक किन्ने सुविधा दिन ‘खल्ती’ले मोबाइल एपमा नयाँ मेनु थपेकाे छ । त्यसमा एनसेलले उपलब्ध गराउने प्याकहरूकाे विवरण उपलब्ध छ । उक्त मेनुमा गएर ग्राहकले प्याक छानेर खरिद गर्नुका साथै उक्त प्याककाे अवधिकाे समेत जानकारी पाउन सक्ने छन् ।

एनसेलकाे डाटा प्याक किन्न ‘खल्ती’काे मोबाइल एप वा khalti.com वेव पेजबाट लगइन गर्नुपर्छ । त्यहाँकाे गृहपृष्ठमा डाटा प्याक्स मेनु उपलब्ध छ । त्यसमा गएपछि आफुले चाहेको प्याक योजना तालिकाबाट छान्न सकिन्छ ।

त्यसपछि कुन मोबाइल नम्बरका लागि प्याक किन्ने हाे, त्यही नम्बर हाल्नुपर्छ । त्यहाँ डाटा प्याक काे भुक्तानी विधि छान्ने विकल्प उपलब्ध छ । ग्राहकले ‘खल्ती’ एपबाट सिधै, मोबाइल बैंकिंग वा इन्टरनेट बैंकिंगमध्ये कुनै विकल्प छानेर डाटा प्याक काे भुक्तानी गर्न सक्नेछन् । यही विधिबाट एनसेलकाे भ्वाइस प्याक समेत खरिद गर्न सकिनेछ ।

एनसेलका प्रमुख बाणिज्य अधिकृत प्रदीप श्रीवास्तव भन्नुहुन्छ, “हामी डिजिटल प्लेलफर्म उपयाेग गर्ने ग्राहकको आवश्यकतालाई सम्बोधन गर्न सधैं प्रयासरत रहन्छाैं । ‘खल्ती’ डिजिटल वालेटसँगको सहकार्यमा हाम्रा उत्पादनहरू एपबाटै खरिद गर्न सकिने ब्यवस्था गरेका छाैं । ग्राहकका मागका अाधारमा बढी उत्पादन र सेवाहरू थप गर्दै लाने छाैं ।’

एनसेलका ९८ .९९ पैसादेखि १०४०.६५ रूपैयाँसम्मका प्याक ‘खल्ती’मा उपलब्ध छन् । ताेकिएकाे भाेलुमकाे डेटा सकिए पनि अबधि बाँकी रहेसम्म मुख्य ब्यालेन्सबाट रकम काटिने छैन ।

‘खल्ती’का निर्देशक अमित अग्रवाल एनसेल सँगकाे सहकार्यमा मोबाइल एप र ‘खल्ती’ डटकम वेव पेजबाट डाटा किन्न सकिने सुविधा ल्याएपछि ‘खल्ती’बाटै परिवारका सदस्य र अाफन्तहरूलाइ समेत डाटा किनेर उपहार दिन सकिने अबस्था अाएकाे बताउनु भयाे । ‘’खल्ती’बाट जुनसुकै मोबाइलका लागि डाटा किन्न सकिने भएकाे छ,’ उहाँले भन्नु भयाे, ‘यसले गर्दा डाटा किन्न नजान्ने, मोबाइलमा डाटा किन्न डायल गर्नु पर्ने विभिन्न काेडले गर्दा झण्झट मान्नेहरूलाइ समेत सजिलाे भएकाे छ ।’

लकडाउनका बेला रिचार्ज कार्ड किन्न कठिनाइ भाेग्नेहरूलाइ एनसेल र ‘खल्ती’काे सहकार्यले निकै सहज बनाइदिएकाे छ । यतिखेर घरमा बस्नेहरूले अरू बेलाभन्दा बढि डेटा प्रयाेग गरिरहेका छन् ।

पसलहरू नखुलेकाले रिचार्ज कार्ड किन्न सहज नभएका बेला माेवाइल एपबाटै डाटा किन्न सकिने भएपछि एनसेल प्रयाेगकर्ताहरूलाइ निकै सहज भएकाे छ । ‘खल्ती’ वालेटबाटै माेवाइल रिचार्ज, भ्वाइस प्याक र डेटा प्याक किन्न पाउने सुविधा उपलब्ध हुँदा टेलिकम कम्पनीहरू रिचार्ज कार्ड छाप्ने खर्चबाट मुक्त हुँदैछन् भने रिचार्ज कार्ड किन्न पसल धाउनु पर्ने, पिन नम्बर काेट्याउनु पर्ने र लामाे अंककाे पिन सम्झिनु पर्ने अबस्थाबाट माेवाइल प्रयाेगकर्ता मुक्त हुँदै गएका छन् ।

 ‘खल्ती’को मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ ।

कसरी डाउनलोड गर्ने ‘खल्ती’ एप ?

‘खल्ती’ एप यो लिंकबाट डाउनलोड गर्न र उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ ।

तपाइँको प्रतिक्रिया ।