“मानवीय स्वास्थ्य र वातावरण अन्तरसम्बन्ध विषयक” कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं ,असार १।
तराई विकास तथा सञ्चार केन्द्र, नेपालको आयोजना तथा काठमाडौ महानगरपालिकाको सहकार्यमा “मानवीय स्वास्थ्य र वातावरण अन्तरसम्बन्ध विषयक” कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा महासंघका केन्द्रीय सदस्य तथा सञ्चार केन्द्रका अध्यक्ष गोविन्द चौलागाईले मानवीय स्वास्थ्य र वातावरण अन्तरसम्बन्ध विषयक” कार्यक्रमलाई प्रस्ट्याउँदै ओम समाज डेन्टल हस्पिटलका बरिस्ठ दन्त्य चिकित्सक डा.सुबाष घिमिरे लगाएत संस्था प्रति आभार प्रकट गर्नुभयो भने सोही अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले ओम समाज डेन्टलले यस्तो कोरोनाको महामारीमा पनि आफ्नो पेशागत मर्यादा निर्वाह गर्दै सदैब सामाजिक कार्यमा समर्पित रहेकोमा प्रसंशा गरेका थिए ।
कार्यक्रममा ओम समाज डेन्टल हस्पिटलका सामाजिक कार्यको उच्च मूल्यांकन गर्दै यस्तो प्रसंसनिय कार्य गरेवापत सञ्चारकेन्द्रको तर्फबाट सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा डा. सुबाष घिमिरेले दाँत र मुख सफा भए ९० प्रतिशत रोग नलाग्ने बताउदै कोरोना भाइरसबाट सुरक्षित रहन नियमित आठ अचुक उपायहरु योग, खानपान, नलिने नियमित प्राकृतिक घाममा बस्ने ,सामाजिक दुरी कायम, दाँतको सरसफाईमा ध्यान दिनुपर्ने धारणा राखेका थिए ।
हामीले शरीर कमजोर भएका, अशक्त, बुढा बुढी, क्यान्सर पीडित, मुटु र अन्य शाररिक जोखिम भएकाहरु धेरै भिड भाडमा जाँदा र अस्पतालमा गई आफ्नो पालो पर्खिएर बस्नुपर्दा उहाँहरुमा रोग संक्रमणको जोखिम झनै बड्ने देखिएकोले त्यस्ता व्यक्तिहरुलाई संक्रमणको जोखिम बड्न नदिन, हामी दन्त चिकित्सक टोलीहरु आफ्नो सम्पूर्ण सुरक्षाका साथ ती बिरामीहरुलाई घर घरमै गएर उपचार सुरु गरेका डा.घिमिरेले सो अवसरमा जानकारी दिएका थिए।
उनले यो लकडाउन अवधिभरि १५० भन्दा बढी संचारकर्मी तथा सर्वसाधारण व्यक्ति ३४९ गरि जम्मा ४९९ जनाको नि:सुल्क दन्त्य उपचार गरिएको बताए ।
ओम डेन्टल समाज अस्पतालले रामेछाप,कटारी,सिन्धुपाल्चोक,दोलखा,काभ्रेपलान्चोक लगाएतका बिभिन्न १००४ स्थानमा नि:सुल्क दन्तशिबिर संचालन २२१५ जनालाई पूर्ण निशुल्क र ७११० जनाको आधा रकममा उपचार गरेको छ
सो कार्यक्रममा काठमाडौंका जिल्ला प्रमुख अधिकारी जनकराज दाहालले यस्तो परिस्थितिमा ओम समाज डेन्टल हस्पिटलले गरेको सामाजिक कार्यको उच्च मूल्यांकन गर्दै सामाजिक दुरी कायम लगायत् सरसफाई राख्न सकेमात्र कोरोना भाइरसबाट बच्न सकिने बताएका थिए।