काठमाडौंका ४ र ललितपुरका १ जनामा कोरोना भाइरसको संक्रमण
कपन अनलाइन
काठमाडौं ,असार १।
आज काठमाडौं र ललितपुरमा कोरोना भाइरस संक्रमित थपिएका छन्।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका ४ जना र ललितपुरका १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए।
धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ पुरूष जना, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ पुरूष र पाटन स्वास्थ विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरकी १ महिला र काठमाडौंका २ महिलामा कोरोना पोजेटिभ देखिएको हो।मन्त्रालयले उनीहरुको उपत्यकाका कुन कुन ठाउँका हुन् भन्ने खुलाएको छैन ।
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ। सोमबार ४५१ थपिएसँगै संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको हो।
२४ घण्टामा थपिएकाे याे संख्या हालसम्मकै उच्च हाे। हालसम्म कोरोना संक्रमण देखिएका १९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ६७ जना कोरोनामुक्त भएका छन्।