बुढानिलकण्ठ वडा नं ८ र ९ को मण्डीखाटार क्षेत्रमा मेलम्ची खानेपानी विस्तारका लागि टेन्डर आव्हान

बुढानिलकण्ठ वडा नं ८ र ९ को मण्डीखाटार क्षेत्रमा मेलम्ची खानेपानी विस्तारका लागि टेन्डर आव्हान

कपन अनलाइन

काठमाडौं ,असार १।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ र ९ को मण्डीखाटार क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको विस्तारका लागि टेन्डर आव्हान गरिएको छ।सो क्षेत्रमा पाइपलाइन विस्तार तथा अन्य पूर्वाधारको लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडद्वारा  योग्यता पुगेका इच्छुक कम्पनीसंग  टेन्डर आव्हान गरिएको हो।

बुढानिलकण्ठ नगरपालिकाका अन्य केहि वडाहरुका लागि यस अघि नै टेन्डर आव्हान भएर पाइपलाइन विस्तार शुरु भैसकेको छ।  नगरपालिकाको खानेपानीको समस्या समाधानमा मुख्य भूमिका खेल्ने यो योजना प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा.राजन भट्टराईको विशेष पहलमा कार्यन्वयनको अवस्थामा रहेको वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईले बताएका छन।

डा .भट्टराईले  नगरपालिकाले निर्वाचनमा  गरेको प्रतिवदत्ता अनुसार  खानेपानी समस्या समाधानका लागि धोवीढुंगा तल्लो भंगाल खानेपानी आयोजना ,चुनिखेलको मूल संरक्षण तथा खानेपानी योजना ,जस्ता योजनको स्थलगत निरीक्षण गरेर सहयोगको पहल गरेको बताउदै वडा अध्यक्ष भट्टराईले वडा नं ८,९,१०,११,१२,र १३ को तल्लो भागमा मेलम्ची खानेपानी आयोजनाको विस्तार हुने जानकारी दिएका छन।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आव्हान गरेको टेन्डर :

मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार तथा खानेपानी सेवा वितरणका साथै बुढानिलकण्ठ नगरपालिकाले रास्ट्रिय निकुन्ज क्षेत्रमा रहेका मुहान संरक्षण तथा खानेपानी योजना निर्माणलाई प्राथमिकतामा राखेको छ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।