दुई शिफ्टमा काम गर्न सहकारीहरुलाई मन्त्रि अर्यालको निर्देशन

दुई शिफ्टमा काम गर्न सहकारीहरुलाई मन्त्रि अर्यालको निर्देशन

कपन अनलाइन

काठमाडौं ,असार १।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी विभागको अनुगमन तथा निरिक्षण गरेकी छन  । सो अवसरमा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले नेतृत्वमा भएको बेला केही नयाँ बनाएर जानुपर्ने भन्दै  भावी पुस्ताले पनि त्यसलाई निरन्तरता दिनेगरी अहिलेको नेतृत्वले काम गर्नुपर्ने बताएकी छन  ।

लकडाउनलाई व्यवस्थित  गर्ने सन्दर्भमा भिडभाड कम गरेर कार्यालयमा भिडभाड कम गर्नका निम्ती दुई सिफ्टको सिस्टम लागू गरेर कार्यालय सञ्चालन गर्न निर्देशन दिदै मन्त्रि अर्यालले   अहिले धेरै मान्छेहरु विदेशबाट स्वदेश फर्किएकाले ती मान्छेहरुलाई पनि सहकारीमार्फत रोजगारी दिन सकिने बधारणा राखेकी थिईन।

अहिले नै सहकारीलाई राम्रोसँग नियमन गर्न नसकेमा भविश्यमा ठूलो चुनौती हुनसक्ने भन्रादै मन्म्रोत्सँरि अर्गयालले  अनुगमन राम्रोसँग गर्नुपर्ने धारणा राखेकी थिइन्।

त्यस अवसरमा बोल्दै मन्त्रालयका सचिव केदार न्यौपानेले आफ्नो कार्यालयको वातावरण स्वच्छ राखेमा कामकाज गर्दा पनि स्वच्छता महसुस हुने बताउदै जनतासँग सरोकार राख्ने कार्यालय भनेको मालपोत र नापी कार्यालय रहेको भन्दै ती कार्यालयहरुमा पनि सरसफाइ तथा सेवामा स्वच्छता प्रदान गर्नुपर्ने सुझाव दिएका थिए ।

त्यस्तै  कार्यक्रममा बोल्दै सहकारी विभागका रजिष्टार डा. टोकराज पाण्डेले सहकारी विभागको सेवालाई प्रभावकारी बनाउनुका साथै कार्यालयलाई पनि स्वच्छता प्रदान गर्नका निम्ती कार्यालय र कार्यालय वरिपरीको बातावरणलाई राम्रो बनाइएको जानकारी गराएका थिए ।

तपाइँको प्रतिक्रिया ।