महाँकाल युवा क्लव भवन बुढानिलकण्ठ -८ निर्माणमा बागमती प्रदेस सभा सदस्य कार्कीको पहल

महाँकाल युवा क्लव भवन बुढानिलकण्ठ -८ निर्माणमा बागमती प्रदेस सभा सदस्य कार्कीको पहल

कपन अनलाइन

काठमाडौं ,असार १।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको महाँकाल युवा क्लवमा रहेको ट्रस निर्माणका लागि बागमती प्रदेस सरकारले सहयोग गरेको छ।

काठमाडौं क्षेत्र नं ४ (२) बाट निर्वाचित प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीको पहलमा प्रदेस सरकार बाट बिनियोजन भएको २० लाख रुपैयाले क्लवको भवन स्थलमा ट्रस निर्माण कार्य गरिएको हो।

बन्दा बन्दीको समयमा पनि क्षेत्रका विकास योजनाहरुलाई अगाडी बढाउने क्रममा सो भवनको निर्माण निरन्तर जारि रहेको सो ट्रस निर्माण उपभोक्ता समितिले बताएको छ।

बुढानिलकण्ठ नगरपालिकाको पुरानो मध्येको एक  महाँकाल युवा क्लवले विभिन्न सामाजिक र मानव सेवाका कामहरु गर्दै आएको छ।

तपाइँको प्रतिक्रिया ।