दक्षिणकाली नगरपालिका चाल्नाखेलमा नेपाल शिन क्योकुशिन कराँतेको बेल्ट टेस्ट सम्पन्न
कपन अनलाइन
काठमाडौं जेठ ३२ ।नेपाल शिन क्योकुशिन कराँतेको बेल्ट टेस्ट दक्षिणकाली नगरपालिका स्थित चाल्नाखेलमा सम्पन्न भएको छ।कराँतेको नियमानुसार केही समय अगाडि नै सो बेल्ट टेस्ट हुनु पर्नेमा नेपाल सरकारले गरेको लकडाउनको कारण सम्पन्न हुन सकेको थिएन। सरकारले लकडाउन अलि सहज गरेसँगै शारीरिक दुरि कायम राखी कार्यक्रम सम्पन्न गरिएको हो।
उक्त कार्यक्रममा शिन क्योकुशिन कराँतेका नेपाल प्रमुख तथा ब्रान्चचिफ सुर्य बहादुर बुढाथोकी, संघका कार्यवाहक अध्यक्ष कृष्ण चन्द्र बानियाँ, सचिव तथा उक्त दोजोका प्रमुख बिनोद गुरुङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याती प्राप्त शिन क्योकुशिन कराँतेका खेलाडी तथा प्रशिक्षक बिमल गिरि, साथै प्रशिक्षक तथा खेलाडीहरु सुशान्त मगर र दिशान तामाङ लगायत थुप्रै अभिभावक तथा खेलकुद प्रेमीहरुको उपस्थिति रहेको थियो।साथै बेल्ट टेस्ट कार्यक्रम शिन क्योकुशिन कराँतेका प्रशिक्षक रोहित दियालीले संचालन गरेका थिए।
शिन क्योकुशिन कराँतेका नेपाल प्रमुख तथा ब्रान्चचिफ सुर्य बहादुर बुढाथोकीले कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट बच्न खेलकुदले नै रोग प्रतिरोधात्मक क्षमता बढाउने हुँदा सबैलाई खेलकुदमा सरिक हुन आव्हान गरेका थिए । संघका सचिव तथा चाल्नाखेल दोजो प्रमुख बिनोद गुरुङले स्वस्थ रहन खेलकुदले मानिसलाई पुर्ण रूपमा सहयोग पुर्याउने बताए ।
त्यस गरी संघका का.अध्यक्ष कृष्णचन्द्र बानियाँले खेलकुदले स्वस्थ र तन्दुरुस्त बनाउने भएकोले खेलकुदसँग जोडिन आग्रह गर्नुभयो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त शिन क्योकुशिन कराँतेका पुराना खेलाडी तथा प्रशिक्षक बिमल गिरिले पनि विभिन्न रोग संग लड्ने बल वृद्धि गर्न नियमित खेलकुदको आवश्यकता रहेको जिकिर गरेका थिए ।
फोटो सौजन्य :दियालो पोस्ट