बुढानिलकण्ठ -१० मा दिप प्रज्वलन
कपन अनलाइन
काठमाडौं , जेष्ठ ३१।
नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर जारी गरेको नेपालको नयाँ नक्सा संसदबाट सर्वसम्मतले पारित भएको उपलक्ष्यमा युवा सन्जालले बुढानिलकण्ठ-१०को श्री अष्टभुजा देवी मन्दिरमा दिप प्रज्वलन गरेको छ।
कार्यक्रममा सहभागी हुनु भएकोमा सम्पुर्ण प्रती हार्दिक धन्यवाद ब्यक्त गर्दै संजालका अध्यक्ष आकाश श्रेष्ठले नक्सा सङ्गसङ्गै गुमेको भुभाग पनि यस सरकारले फिर्ता गर्छ भन्ने बिश्वास लिएको बताएका छन।
।
नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डता सधैभरी अमर रहोस भन्दै गरिएको सो दीप प्रज्वलनमा वडा -१० का अध्यक्ष नवराज भट्टराई सहित युवा संजालका सदस्य तथा स्थानीयहरुको सहभागीता रहेको थियो ।
तपाइँको प्रतिक्रिया ।