काठमाडौं क्षेत्र नं ८ का सांसद जीवनराम श्रेष्ठ द्वारा योजनाहरुको निरीक्षण
कपन अनलाइन
काठमाडौं,जेष्ठ ३१।
काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधि सभा सदस्य जिवनराम श्रेष्ठले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत रहेका काठमाडौं महानगरपालिका विभिन्न योजनाहरुको निरीक्षण गरेका छन।
श्रेष्ठले वडा नं १५ का जगतसुन्दर बोनेकुठि अगाडि बाट झोलुङ्गेपुल जाने मुख्य सडकमा आकाशे पुल , चमती Q ब्लक र अर्को पार्कमा निर्माण भईरहेको परम्परागत शैलीको जेष्ठ दिवा विश्राम भबन , श्रीकृष्ण कुन्जको भवनमा तल्ला थप, बिजयस्वरी स्थित चमती पार्क निर्माण र कामपा वडा १९ मा इन्द्र सभा सामुदायिक भवन निर्माणको निरीक्षण गरेका थिए।
श्रेष्ठले स्थानीय जनताको सक्रियतामा भईरहेको कार्य को प्रशंसा गर्कादै मपाको गुणस्तरमा कुनै सम्झौता गर्न नहुनेमा जोड दिएका थिए।उनले आ व २०७७ /७८ को बजेट बाट अपुर्ण योजनालाई पुरा गर्ने र नयां योजना जनताको माग अनुसार छनौट गर्ने बताउदै सांसद श्रेष्ठले क्षेत्रवासी संग सुझावका लागि अनुरोध गरेका छन।