महानगरीय प्रहरी वृत्त बौद्ध द्वारा अवैध घरेलु मदिरा नष्ट

महानगरीय प्रहरी वृत्त बौद्ध द्वारा अवैध घरेलु मदिरा नष्ट

कपन अनलाइन

काठमाडौं ,जेठ २९ । लकडाउनको अवधिमा महानगरीय प्रहरी बृत्त बौद्धले अवैध हजारौ लिटर घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ ।प्रहरी बृत्तले लकडाउन सुरु भएदेखि नगरका विभिन्न स्थानहरूमा विशेष अप्रेशन सञ्चालन गरि अबैध घरेलु मदिरा बरामद गरि मंगलबार नष्ट गरेको हो  ।

महानगरीय प्रहरी बृत्त  बौद्धका प्रहरी नायव उपरीक्षक नबिन कार्कीले उक्त अवधिमा सञ्चालन गरी २१५०   लिटर तयारी घरेलु मदिरा तथा  ९२०० लिटर  घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरि गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल सहित स्थानीयको  रहोबरमा  नष्ट गरिएको  जानकारी दिए।

महानगरीय प्रहरी वृत्त का कार्यलय प्रमुख  नबिन कार्कीले लकडाउनको अवधिमा महानगरीय प्रहरी वृत्त बौद्ध तथा मातहत कार्यालयहरूबाट गोकर्णेश्वर नगरपालिकाको विभिन्न स्थानहरूमा व्यावसायिक रूपमा उत्पादित घरेलु मदिरा तथा कच्चा पदार्थ नष्ट गरी सम्बन्धित व्यक्तिहरूलाई कारवाही  समेत गरिएको बताए ।

फोटो :सुवाष पुडासैनी

 

तपाइँको प्रतिक्रिया ।