राहत : समिर अधिकारी (कविता )
कपन अनलाइन
काठमाडौं ,जेष्ठ २७/ समिर अधिकारी
हाड घोटेरै भएनि पालिन्थ्यो जीवन त्यो पनि पाइन
नसोध मलाई कतिदिन अनि किन पो मैले खाइन !
धनीका घर खात माथि खातअन्नका बोरा चाङ लागि बसेका
कसले पो देख्छ झुपडी भित्र असिनादाना यी आँसु खसेका!
छिमेकीको घरको बासना स्सुङदै नुनका ढिक्का पानीले निलेको
के पाप गर्दा आज यो दिनमलाई देख्नलाई मिलेको !
टमा बल्छ दनदनी आगो चुल्होमा बलेन
यत्तिका दिनभो संकटका दिन कहिल्यै ढलेन!
रोगले भन्दाभोकले यहाँ पलपल निमुखा मर्दैछन्
एक मुठ्ठी सास धान्नलाई यहाँ कत्ति संघर्ष गर्दैछन् !
गरीबलाई आउँछ राहत भन्थे बाटोमै हरायो
निष्ठुरी रैछ त्यो दैवपनि कठै यो गति गरायो ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।