सिद्देश्वर योग साधना केन्द्रको आकस्मिक रक्तदानमा ८१ जनाले रक्तदान गरे

सिद्देश्वर योग साधना केन्द्रको आकस्मिक रक्तदानमा ८१ जनाले रक्तदान गरे

कपन अनलाइन 

काठमाडौं , जेष्ठ २६ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १०  मा रहेको फ्रेन्डशिप युवा क्लवमा सिद्देश्वर योग साधना केन्द्रको आयोजनामा भएको आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

प्रसुती गृह थापाथलीको संयोजनमा भएको सो रक्तदान कार्यक्रममा ८१ जना रक्तदाताले रक्तदान गरेको जानकारी दिदै केन्द्रका उपाध्यक्ष श्याम पोखरेलले छोटो सूचनाका आधारमा चाडै व्यवस्थापन गरिएको कार्यक्रममा उत्साहजनक सहभागिता रहेको बताएका छन।

कार्यक्रम सफल  सहयोग गर्ने र व्यवस्थापनमा सक्रिय रहने सबैलाई धन्यवाद दिदै केन्द्रकी अध्यक्ष कमला पाण्डेले  सो केन्द्रले प्रकोप नियन्त्रणका अभियानमा अग्रमोर्चामा रहेका  व्यक्तिहरुलाई निशुल्क खाजा उपलव्ध गराउने लगायतका कामहरु गरेको जानकारी दिएकी छन।

तपाइँको प्रतिक्रिया ।