लकडाउन प्रभावितहरुलाई प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाको पहलमा ग्रासरुट मुभमेन्ट इन नेपाल द्वारा खाद्यान्न सहयोग

लकडाउन प्रभावितहरुलाई प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाको पहलमा ग्रासरुट मुभमेन्ट इन नेपाल द्वारा खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं जेठ २५ ।कोरोनाका कारणले दैनिक ज्याला मजदुरीको कामकाज गरेर जीवनयापन गर्नेहरुलाई परेको खाद्य संकटलाई सहयोग गर्ने हेतु काठमाडौं महानगरपालिका वडा नं ६ बौद्धमा खाद्यान्न सहयोग गरिएको छ ।बागमती प्रदेशका प्रदेश सभा सदस्य माननीय छिरिंग दोर्जे लामाको पहल तथा ग्रासरुट मुभमेन्ट इन नेपालको सहयोगमा काठमाडौं महानगरपालिका वडा नं ६ वडा कार्यलयको सहकार्यमा लकडाउन बाट प्रभावित करिब  सय परिवारलाइ खाद्यान्न सहयोग गरिएको हो । दैनिक मजदुरी गरी जीवन धान्दै आएकाहरु लक डाउनका कारण समस्यामा परेपछि उनीहरुलाई खाद्यन सहयोग गरिएको हो ।

अटो क्लिनिक बौद्धमा आइतबार बिहान वितरण गरिएको खाद्यान्न सहयोग कार्यक्रममा  प्रदेश सभा सदस्य माननीय छिरिंग दोर्जे लामा ,काठमाडौं महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामा वडा सदस्य जयराम पुडासैनी, महिला वडा सदस्य लक्ष्मी श्रेष्ठ, गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल, लगायत स्थानीयको उपस्थितिमा प्रति परिवार १२.५केजी चामल ,२ केजी दाल,१लिटर तेल, , नुन एक केजी लगायतको सामग्री वितरण गरिएको थियो ।

लकडाउनको बेला ज्यालामजदुरी गरेर जीवनयापन गर्दै आएका विपन्न परिवारलाई छाक टार्न समस्या नहोस् भन्नको लागि विपन्न परिवारलाई राहत वितरण गरिएको ग्रासरुट मुभमेन्ट इन नेपालकी अध्यक्ष विद्या बज्राचार्यले बताइन   । उनले  वडा कार्यलयले राहत उपलब्ध गराएपनि लकडाउन लम्बिदै जाँदा त्यो अपर्याप्त हुने हुँदा बिपन्न दैनिक ज्यालादारी गरि जीवनयापन गर्नेहरुलाई खाद्यान्न अभाब हुनसक्ने  समस्यालाई ध्यानमा राखी  माननीय प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाको अनुरोधमा  वडा कार्यालय संगको  समन्वयमा खाद्यान्न वितरण गरिएको बताइन । उनले संस्था मार्फत अन्य स्थानमा पनि सहयोग गर्दै आएको बताइन ।

सरकार द्वारा कोरोना भाइरस रोकथामको लागि लागु गरेको  लकडाउनको  कारण खाद्यान्न अभाब भइ समस्यामा परेका मजदुरहरुलाई केहि भए पनि राहत पुगोस भनेर खाद्यान्न वितरण गरिएको प्रदेस सभा सदस्य छिरिंग दोर्जे लामाले बताए। उनले महामारीको त्रासका बीच मानवीय सेवाभावले सहयोग गर्नु हाम्रो जिम्मेवारी ठानी सक्रिय भएको बताए ।

संकटको समयमा खाद्य अभावमा रहेका परिवारलाई यो सानो सहयोग गर्न पाउँदा खुशी लागेको र  संकटको समयमा  एकले अर्कोलाइ सहयोग गर्नु पर्ने बताउदै सो कामको लागि सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए  । उनले कोभिड –१९ को संक्रमण फैलिन नदिन नेपाल सरकारले गरेको लकडाउनलाई राहतले सहयोग पुग्ने छ भने लकडाउनमा विपन्न परिवारले लकडाउनको पालना गरुन भन्ने नै उदेश्य सहित राहत वितरणको लागि पहल गरिएको पनि बताए  ।

फोटो :सरोज बस्नेत

 

तपाइँको प्रतिक्रिया ।