समाजसेवी कुमार रायमाझी द्वारा एक महिनाको घर भाडा नलिने घोषणा
कपन अनलाइन
काठमाडौं जेठ २५। मेलम्ची नगरपालिका वडा नं ५ स्थाई घर गोकर्णेश्वर ४ माकलबारीमा बस्दै आएका समाजसेवी कुमार रायमाझीले एक महिनाको भाडा नलिने घोषणा गरेका छन। उनले आफ्नो गोकर्णेश्वर नगरपालिका वडा नं ४ माकलबारीमा आफ्नो घरमा भाडामा बस्दै आएका ७ वटा कोठाको एक महिनाको भाडा मिनाह गर्ने घोषणा गरेका छन् । समाजसेवी रायमाझीले आफ्नो घरको ७ वटा कोठामा वस्दै आएका परिवारको भाडा नलिने घोषणा गरेका हुन् ।
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले देश लकडाउनमा रहेको अवस्थामा दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकालाई समस्या परेको भन्दै रायमाझीले भाडा नलिने बताए । उनले ती ७ घरपरिवारको चैत्र महिनाको सम्पूर्ण भाडा नलिने घोषणा गरेको कपन अनलाइनलाइ जानकारी गराए । समाजसेवी रायमाझी नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत हुन् ।सरकारले कोरोना भाइरसबाट सिर्जिन परिस्थितिका कारण घरधनीहरुलाई एक महिनाको घरभाडा नलिन अनुरोध गरे सँगै रायमाझीले पनि चैत महिनाको घरभाडा नलिने बताएका हुन् ।
रायमाझीले देशको अर्थतन्त्र नै धरासायी भएको भन्दै श्रमजीवी वर्गहरुमा ठूलो आर्थिक भार पर्ने हुनाले आफूले पनि सरकारको आग्रहलाई ध्यान दिँदै घरभाडा नलिने निर्णय लिएको बताए।‘यस्तो अवस्थामा सहयोग गर्नु मानविय धर्म हो।’ उनले भने । ‘हुन त सरकारले आग्रह मात्रै गरेको हो, तर यस्तो अवस्थामा घरधनीले पनि आफ्नो आर्थिक हैसियतलाई मध्यनजर गरेर धेरथोर जती सकिन्छ त्यति सहयोग गर्नु पर्ने बताए ।’