सीतापाइला (धार्के धादिङ) सडक खण्डको अनुगमन
कपन अनलाइन
काठमाडौं,जेठ २२। लामो समय देखि निर्माण हुन नसकेको सीतापाइला (धार्के धादिङ) सडक काडमाडौं प्रवेश नाका नागढुंगाको वैकल्पिक राजमार्गले निर्माणको गति लिएको छ । लकडाउनको अबस्थामा पनि सामाजिक दुरी कायम गर्दै निमार्णको कामलाई तिब्रता दिईएको छ । निर्माणले गति लिएसँगै बुधबार बागमती प्रदेशसभा सदस्य केशव पोखरेल, नागर्जुन नगरपालिकाका प्रमुख मोहन बस्नेत उपप्रमुख शुशिला अधिकारी र सडक डिभिजन काठमाडौं प्रमुख कुवेर नेपालीले अनुगमन समेत गरेका छन् । आगामी आर्थिक बर्ष २०७७/०७८ को लागी ठुलोखोला देखि धार्के सितापाईला सडकको लागी चितवन डिभिजनले हेर्नेगरी १५ करोड बजेट तर्जुमा भएको छ।
‘सितापाईला खण्डमा पहिलो चरणमा करिव ५ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी रहेको नौबिसे–नागढुङ्गा सडकको उत्तम बिकल्पको रुपमा रहेको अहिलेको तत्कालिन सडक हो धार्के– सितापाईला । धुनिबेशी नगरपालिकाको धार्केबाट सुरु भएको यो सडकखण्ड २५ किलोमिटरबाट भित्र पुगेपछि काठमाण्डौको नागार्जुन नगरपालिका तथा सितापाईला आउँछ । संघिय राजधानी काठमाण्डौ प्रवेश गर्ने नौबिसे–नागढुङ्गा पछिको उत्तम बिकल्पको रुपमा रहेको धार्के–सितापाईला सडक जम्मा १३ किलोमिटर मात्र अहिले ग्रावेलको काम हुने दिब्य ज्योती कन्स्ट्रक्सनका शिवराम भण्डारीले बताए ।
नौबिसे–नागढुङगा सडक खण्डभन्दा यो धार्के–सितापाईला बैकल्पीक राजमार्ग काठमाण्डौं प्रबेश गर्ने छोटो सडक भए पनि बिगतका वर्षहरुमा यस क्षेत्रका नागरिकले बर्षाको समयमा धेरै सास्ती पाउने गरेका थिए । अबको ग्रावेलपछिको अबस्थामा भने सडकमा बाह्रै महिना सवारी साधन सञ्चालन गर्न सकिने गरि काम भैरहेको निर्माण कम्पनीको दावी छ ।
फोटो : अनलाइन केन्द्र