कोरोना जितेर फर्किए टोखा -६ का संक्रमित पुरुष

कोरोना जितेर फर्किए टोखा -६ का संक्रमित पुरुष

कपन अनलाइन

काठमाडौं ,जेष्ठ २०।

काठमाडौँको टेकुस्थित सरुवा रोग अस्पतालमा उपचार गराइरहेका टोखा नगरपालिका वडा नं ६ का ४१ वर्षीय पुरुष कोरोना भाइरसका संक्रमित संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

टेकु अस्पतालमा उपचाररत उनीहरुको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिएका छन् ।

उनीसंगै टोखा-३ का २७ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमणदेखिए पछि उनीहरुको सम्पर्कमा आएका परिवार तथा स्थानीयबासीहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको ६१ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको नगरप्रमुख अधिकारी बताएका छन् ।

 

तपाइँको प्रतिक्रिया ।