काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

 काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

कपन अनलाइन

काठमाडौं ,जेष्ठ २०।

काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको हो ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उनीहरु सबै स्वास्थ्यकर्मी हुन् ।

उनीहरु काठमाडौं मेडिकल कलेजले भक्तपुरको दुवाकोटमा सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी हुन् ।

तपाइँको प्रतिक्रिया ।